तारा गाउँको १५० रोपनी जग्गा सरकारलाई फिर्ता – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

तारा गाउँको १५० रोपनी जग्गा सरकारलाई फिर्ता

काठमाडौँ । तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको भन्दै संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निष्कर्ष निकालेको छ । तारा गाउँ विकास समितिको जग्गा, शेयर र होटल निर्माणको खर्चमा भएको अनियमितताको विषयमा छानबिन गर्न समितिले अग्नीप्रसाद सापकोटाको संयोजकत्वमा गठन गरेको उपसमितिले यस्तो निष्कर्ष निकालेको हो ।

समिति सभापति पवित्रा निरौला खरेललाई सापकोटा संयोजक रहेको उपसमितिले दिएको प्रतिवेदनमा जग्गाको स्वामित्व हस्तान्तरण तथा लिज, शेयर संरचना हेरफेर तथा भवन निर्माण गर्दा नै अनियमितता भएको जनाइएको छ ।

उपसमिति संयोजक सापकोटाले प्रतिवेदन समितिले बुझेर निष्कर्ष निकालेपछि नै अनियमितता भएको बिषय स्पस्ट हुने बताएका थिए । समिति स्रोतका अनुसार तारागाउँ विकास समितिको जग्गाको स्वामित्व हस्तान्तरण गरी रजिष्ट्रेसन पास गर्नु गलत भएको निष्कर्ष उपसमितिले निकालेको छ । मालपोत ऐनको व्यवस्थाविपरीत सरकारी जग्गा तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको भन्दै उपसमितिले १५० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।

समितिले पहिले २९ वर्षका लागि हायत होटल रिजेन्सीको लागि दिइएको लिज पछि संशोधन गरी ४९ वर्षसम्मलाई बढाइनु नै सम्पूर्ण जग्गा हडप्ने षडयन्त्र भएको टिप्पणी गरेको छ । उपसमितिले अख्तियारलाई तारागाउँको शेयर घटाएको विषयमा छानबिनको सुझाव दिएको छ । १५० रोपनी जग्गा रजिष्ट्रेसन पास गरी दिनेहरुमाथि समेत छानबिन र कारवाही अघि बढाउन सिफारिस गरेको छ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालकहरुले वैदेशिक लगानी भित्र्यााएको भनी दाबी गरिएको छ ।

कुनकुन बैंकबाट त्यो बैदेशीक लगानी भित्र्याएको भन्ने बारेमा स्पस्ट पारिएको छैन । उपसमितिले होटल निर्माणका क्रममा भएको अत्यधिक लागतवृद्धि, कर र अन्य प्रयोजनका लागि छुट्टाछुट्टै लेखा परीक्षण भएको विषयहरुमाथि छानबिन गर्न निर्देशन दिएको छ । होटलको हकप्रद शेयरमाथि भएको निर्णयमाथि समेत छानबिन हुनेछ भने होटललाई घाटा भएको देखाई गैरकानुनी लाभ लिएको विषयमा समेत अनुसन्धानको सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७५ चैत्र २५, ०७: १८

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७५ चैत्र २५, ०७: १८

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७५ चैत्र २५, ०७: १८

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...