
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ नाम दिइएको सम्मलेन चैत २९ गतेसम्म चल्ने भएको छ ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्नको निमित्त आवश्यक पहल भइरहेको तथा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताइन् ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले १ सय ३७ वटा विषयमा अनुसन्धान प्रस्तुत गर्ने भएका छन् । तीमध्ये ३३ वटाको मौखिक प्रस्तुतीकरण र १ सय ४ वटाको पोस्टर प्रस्तुतीकरण हुने भने १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ ।
विज्ञहरुबाट सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृ स्वास्थ्य, किशोरकिशोरी स्वास्थ्य, सरुवा रोग लगायतका विषयमा प्रस्तुतीकरणका साथै उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित गर्ने भएको छ । सम्मेलनमा प्रस्तुत गरिएका मध्येबाट ७ वटा विधामा उत्कृष्ट वैज्ञानिकलाई सम्मानित गरिने छ । सम्मेलनमा एक हजारभन्दा धेरै व्यक्तिले सहभागी जनाउने अनुमान रहेको छ ।
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...
विराटनगर : कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।...
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा...