राप्रपाद्वारा जनसंघर्षका कार्यक्रम सार्वजनिक – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

राप्रपाद्वारा जनसंघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायतका माग राख्दै राप्रपाले धर्ना दिदै आएको छ ।

राप्रपाले बुधबार देशका विभिन्न स्थानीय तहमा १ घण्टा धर्ना दिएको जनाएको छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष कमल थापा काठमाडौं महानगरपालिका, वरिष्ठ नेता दिपक बोहरा ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिकामा आयोजित धर्ना कार्यक्रममा सहभागी भएका थिए ।

राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको थियो । गत मंगलबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यक्रम थप गरेको थियो । जसअनुसार बैशाख ४ र ५ गते २२ बुँदे माग आमजनतालाई जानकारी दिन घरदैलो कार्यक्रम, बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने र बैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७५ चैत्र २८, ११: ०५

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७५ चैत्र २८, ११: ०५

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ चैत्र २८, ११: ०५

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...