एक बर्षपछि प्रशिक्षण प्रतिष्ठान गठन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

एक बर्षपछि प्रशिक्षण प्रतिष्ठान गठन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई नियुक्त गर्नु भएको छ ।

पार्टीको बिधान अनुसार पार्टी उपसभापति प्रतिष्ठानको पदेन प्रमुख हुने व्यवस्था छ । सभापति देउवाले एक बर्षअघि मात्र उपसभापतिमा देउवालाई नियुक्त गरेका थिए । उनले यसअघि नै प्रतिष्ठानको सदस्य सचिवमा बरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम बस्नेतालाई नियुक्त गरेका थिए ।

पार्टीको बिधान अनुसार पार्टी उपसभापति प्रतिष्ठानको पदेन प्रमुख हुने व्यवस्था छ । सभापति देउवाले एक बर्षअघि मात्र उपसभापतिमा देउवालाई नियुक्त गरेका थिए । उनले यसअघि नै प्रतिष्ठानको सदस्य सचिवमा बरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम बस्नेतालाई नियुक्त गरेका थिए ।

प्रतिष्ठानको सदस्यहरुमा पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वकेन्द्रीय सदस्य डा. आरजु देउवा राणा, पूर्वसांसद धु्रव वाग्ले, मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बु, नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण, पूर्वसांसद मधु शाही, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्दराज पोखरेल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला, नीति प्रतिष्ठान नामक एनजीओ चलाएका गेजा शर्मा वाग्ले र नेविसंघका पूर्वउपाध्यक्ष दीपक अधिकारी लगायत छन् ।

प्रतिष्ठनको सदस्यमा नियुक्त हुने अन्य नेताहरुमा मनोहरनारायण श्रेष्ठ (धनकुटा ), तुलसीनारायण श्रेष्ठ (लम्जुङ), सुभाष पोखरेल (खोटाङ), मोख्तार अहमद (सिरहा), सूर्य ढुंगेल (महोत्तरी), तारानाथ दाहाल (सिन्धुपाल्चोक), छन्दबहादुर पहराई (गुल्मी), प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ), प्रसिस महरा (डोटी), किशोरदत्त बराल (कास्की), कमला लामिछाने (गोरखा), भगिरथ पोद्धार (झापा), राजकुमार नकर्मी (काठमाडौँ), प्रमोदहरि गुरागाँई (काठमाडौं), नानुमैयाँ बाँस्तोला (काठमाडौँ), भद्रा भण्डारी पराजुली (काठमाडौँ), राजु नेपाल (भक्तपुर), रामजी कंग्रेन (धनकुटा), लालबहादुर पुन (बाग्लुङ), शम्भु जोशी (दार्चुला), सरस्वती गुरुङ (कास्की), देविका नेपाली (दाङ)डोल्मा तामाङ (सोलुखुम्बु), कान्ता रिजाल (पाँचथर), मदन कट्टेल (रूपन्देही), सुष्मा तिवारी (पर्सा) र बीरेन्द्र साह (सुनसरी)
छन् ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७५ चैत्र ३०, १२: २१

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७५ चैत्र ३०, १२: २१

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७५ चैत्र ३०, १२: २१

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...