सरकार विरुद्ध ११ दलको आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी ११ दलले आन्दोलनको तयारी गरेका छन् । त्यसका लागि उनीहरुले ११ विद्यार्थी संगठनलाई आन्दोलनको खाका तयार गर्न निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक बर्षमा भ्रष्टाचारको अन्त्य, शान्ति सुरक्षा कायम गर्न र महंगी नियन्त्रण गर्न कुनै भूमिका खेल्न नसकेको भन्दै ११ पार्टीले बैशाखदेखि आन्दोलनको तयारी गरेका हुन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गृह कार्य गरिरहेका छन् ।
ओली सरकारविरुद्धको आन्दोलतमा विद्यार्थीले नेतृत्व गरे आफू र आफ्नो पार्टीको पूर्ण सहयोग हुने कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कांग्रेसको भाृत संस्था नेपाल विद्यार्थी संघको नेतृत्व खाली भएपनि पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको सक्रियता र अध्यक्षतामा शुक्रबार राजधानीमा भएको कार्यक्रममा नेताहरुले संसदमा दुई तिहाई बढी बहुमत भएको ओली सरकारलाई हटाउन सडक संघर्ष अपरिहार्य भएको बताएका थिए ।
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै आक्रोसित भएका छन् । संवैधानिक परिषद्को बैठक आफ्नो अनुपस्थितिमा र आफू उपस्थित हुन नसक्ने जानकारी गराउँदा गराउँदै पनि भएको र संवैधानिक अंगमा एकलौटी ढंगले कब्जा गर्न खोजेको भन्दै ओलीसँग निकै क्रुद्ध बनेका छन् ।
त्यसैले ओली सरकारलाई साईजमा ल्याउन देउवाले पूर्वमाओवादी पृष्ठभूमि भएका दलको सहायता लिएका छन् । आन्दोलनको खाका तयार पार्न सभापति देउवाले नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलाई जिम्मेवारी दिएका छन् । उनलाई सहायक महामन्त्री डा. प्रकाशशरण महतले पार्टीको तर्फबाट सघाइरहेका छन् ।
स्रोतका अनुसार सभापति देउवाले एक सातादेखि मोहन बैद्य किरण, संसदको तेश्रो ठूलो दल राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, पूर्बममन्त्री तथा नेकपा माओवादी एकता केन्द्रका अध्यक्ष गोपाल किराँतिसँग भेट वार्ता र छलफल गरिरहेका छन् । त्यसको फलस्वरुप शुक्रबार राजधानीको राष्ट्यि सभागृहमा ११ बिद्यार्थी संगठन आयोजक बनाई समसामयिक राजनीति र विद्यार्थी आन्दोलन बिषयक गोष्ठी गरेर औपचारिक रुपमा आन्दोलनको प्रतिवद्धता व्यक्त गरेका छन् ।
सभापति देउवाले कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएका घटनाका दोषीलाई कारबाही गर्नुको सट्टामा सरकारले दोषीलाई नै संरक्षण दिएको महंगीले सीमा नाघेको, एउटा जिल्लाबाट अर्को जिल्लासम्म कृषी उपज लाँदा र ल्याउँदा समेत कर उठाउने गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नु पर्ने वताउँदै आएका छन् ।
उनले सीके राउतले नयाँ देशमा स्वागत छ भन्ने व्यानर जनकपुरमा टाँगेको भन्दै नयाँ देशले विखण्डनलाई बुझाएकोले यस्तो विखण्डनकारीसँग सरकारले गरेको वार्तालाई कांग्रेसले मान्यता नदिने भन्दै आएका छन् । देशलाई टुक्र्याउँछु भन्नेसँग सहमति गरेर ओलीले आफ्नो राष्ट्वादको सक्कली अनुहार देखाएको, शिक्षा, स्वास्थ्य, प्रशासनदेखि संवैधानिक अंगमाथि पनि ओली सरकारले हस्तक्षेप गर्न थालेको घटनाबाट प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका कांग्रेस सभापति देउवा निकै आक्रोसित बनेका छन् ।
सृरक्षा परिषद्लाई आफ्नै आदेशमा परिचालित गर्न पाईने व्यवस्थासहितको विधेयक संसदमा पेश गरेर सरकारले सेनालाई नोकर जस्तो व्यवहार गरेको र सेनामाथिको हस्तक्षेप बढाएको निष्कर्षसहित सभापति देउवा ओली सरकारविरुद्धको मोर्चाबन्दीमा लागेका हुन् । ओली सरकारलाई अन्दोलनको बलबाट हटाउन सकिने भन्दै मोहन बैद्य किरणले समेत केपी ओली र प्रचण्ड नेतृत्वको सरकार कम्युनिष्टको सरकार नभएको तर्क गरेका छन् । उनले जुन गोरुको सिं छैन उसकै नाम तिखे भने जस्तै जुन सरकार कम्यनिष्ट विरोधी छ, उ कम्युनिष्ट पार्टी हुनै नसक्ने जिकिर गर्दै आएका छन् ।
उनले ओली नेतृत्वको सरकारलाई अधिनायकबादी, फासीबादी र दलालको सरकार भएको आरोप लगाए । केपी शर्मा ओलीले झापा विद्रोहको व्याज खाएर सत्तामा गएको भन्दै बर्तमान सरकारलाई कम्युनिष्टको सरकार नभइ उखान तुक्केको सरकार भन्न मिल्ने बताए । झापा विद्रोहको व्याज खाएर एउटा कम्युनिष्ट पार्टीलाई प्रतिवन्द लगाउन नहुने बैद्यको धारणा थियो ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले झापामा बन्चरोले मान्छे काट्ने र १७ हजारका ज्यान लिने केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने तर थारुहरुको अधिकारको लडाइँ लड्दा रेशम चौधरी थुनमा पर्नु पर्ने अवस्था बिडम्बनापूर्ण भएको बताए ।
महतोले विखण्डनकारी सीके राउतसँग सम्झौता गरेर सरकारले विखण्डनलाई प्राथमिकता दिएको आरोप लगाए । उनले दुई तिहाईको दृरुपयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको भन्दै महतो अब आन्दोलनबाटै सरकारलाई हटाउने उद्घोष गरे । शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई आन्दोलनको ट्रेलर मात्र भएको बताउने महतोले प्रतिपक्षी दलका नेताहरु आन्तरिक झगडामा फसेकोले ओली नेतृत्वको सरकारविरुद्धको आन्दोलन विद्यार्थीहरुले नै गर्ने उद्घोष गरे ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारले एक बर्षमा सुखी नेपाली र समृद्ध नेपालको नारालाई पुरा गर्न नसकी सरकारको सवै अधिकार प्रधानमन्त्रीमा मात्र केन्द्रीत गर्न खोजेको, संवैधानिक अंगलाई नियन्त्रण गर्न खोजेर अधिनायकवाद र एकाधिकारवादी कार्यशैली प्रस्तुत गरेकोले आन्दोलनको विकल्प नभएको बताए ।
तत्कालिन माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुँदा पोलिटव्युरो सदस्य भएका र हाल नेकपा माओवादी केन्द्रकै अध्यक्ष भएका गोपाल किराँतीले विदेशीको इसारमा वर्तमान सरकार सञ्चालन भएकोले प्रजातन्त्रबादीको खेमाबाट कांग्रेस सभापति देउवा र बामपन्थीहरुको खेमाबाट मोहन बैद्य किरणले आन्दोलनको संयोजन गर्नु पर्ने प्रस्ताव गरेका छन् । उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको विरोधमा बैशाख ५ गते आव्हान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउनु पर्ने प्रस्ताव गरे ।
तत्कालिन माओवादी केन्द्रका नेता तथा संविधानसभा २०६४ का सभासद एवम् राष्ट्रवादी एकता केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले विद्यार्थीले गर्ने आन्दोलनलाई राजनीतिक दलका नेताहरुले अगुवाई गर्न आव्हान गरे । नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष नगेन्द्र कुमाल, नयाँशक्ति नेपालका प्रवक्ता डम्बर खतिवडा लगायतले आन्दोलनको मिति नै घोषणा गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष नगेन्द्र कुमाल, नयाँशक्ति नेपालका प्रवक्ता डम्बर खतिवडा लगायतले आन्दोलनको मिति नै घोषणा गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारविरुद्ध आन्दोलन गर्नको लागि नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति नेपाल, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रवादी एकता केन्द्र, विप्लव नेतृत्को नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र र सत्तारुढ संघीय समाजवादी फोरमनिकटका ११ विद्यार्थी संगठनले आन्दोलनका लागि मातृ पार्टीका नेताहरुको सुझाव लिएका थिए । पार्टी नेताले साथ दिएपछि बैशाख ५ गतेपछि आन्दोलनको संयुक्त कार्यक्रम तय हुन लागेको छ ।
विप्लव नेतृृत्को पार्टीका कार्यकर्तालाई विद्यार्थीलाई धरपकड हुन थालेपछि उनीहरुको भने उपस्थिति थिएन । तर विप्लव नेतृत्वको पार्टीका विद्यार्थी संगठनका अध्यक्षको मन्तव्य पत्र भने पढेर सुनाईएको थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...