प्रजातन्त्र सेनानी गोपालदास वादेको ९७ वर्षको उमेरमा निधन, प्रधानमन्त्री देउवाद्वारा निधनप्रति दुःख व्यक्त – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

प्रजातन्त्र सेनानी गोपालदास वादेको ९७ वर्षको उमेरमा निधन, प्रधानमन्त्री देउवाद्वारा निधनप्रति दुःख व्यक्त

काभ्रे । प्रजातन्त्र सेनानी गोपालदास वादेको बुधबार बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिएका छन् । भारतको कोलकतामा भएको नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिएका उनका दाजु राजदास वादेको प्रेरणाबाट उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए । वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।

वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । उनकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी छन् । उनको निधनबाट पार्टीले प्रजातान्त्रिक आन्दोलनका एक अग्रज नेतालाई गुमाएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले हिजाे एक शोक वक्तव्यमार्फत कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा वादेले पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले उहाँको निधनबाट कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १९, ११: २६

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १९, ११: २६

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०७९ श्रावण १९, ११: २६

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...