
काठमाडौं । आयोगले भोलिदेखि मतदाता नामावली संकलन कार्य बन्द गर्ने भएको छ । सरकारले आगामी मंसिर ४ मा प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने गरी घोषणा गरेपछि निर्वाचन आयोगले आफनो प्रक्रिया भोलिदेखि नै शुरु गर्ने जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारले निर्वाचनका मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने जानकारी दिएका छन् ।
निर्वाचन मिति घोषणासँगै आयोगले गर्ने आन्तरिक तयारी गरिरहेको उहाँले बताउनुभयो । अर्यालले आयोगको सबैभन्दा महत्वपूर्ण काम भनेको मतदाता नामावली दर्ता हो । दर्ता कार्य निर्वाचन मिति घोषणा भएसँगै स्थगन हुने कानुनी प्रावधान छ ।
सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘‘आयोगको सबैभन्दा महत्वपूर्ण काम भनेको मतदाता नामावली दर्ता हो । दर्ता कार्य मितिसँगै स्थगत हुन्छ । दर्ता कार्य स्थगन भएपछि जिल्लाले विभिन्न स्थानबाट डाटा सङ्कलन गर्ने कार्य गर्छ र आयोगमा पठाउँछ ।’’
त्यसपछि आयोगले फेरि पिडिएफ फाइल बनाएर जिल्लामा दाबीविरोधका लागि पठाउँछ । जिल्लाले प्रकाशन गरेर त्रुटि सच्याउने र दोहोरिएको नाम छ भने हटाएर अन्तिम नामावली सार्वजनिक गर्छ ।
दल दर्ताको समय दश दिन
प्रतिनिधि र प्रदेश निर्वाचनकमा सहभागी हुने गरी नयाँ दल दर्ताको प्रक्रिया सुरु हुनेछ । निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान चाँडै गरिने उनले बताए ।
निर्वाचनको मिति घोषणापछि निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गरिने कानुनी व्यवस्था रहेको छ ।
अर्यालले भन्नुभयो, ‘‘निर्वाचनका लागि दल दर्ता गर्नु एकदमै आवश्यक छ । निर्वाचनका लागि समय छोटिएको छ । जसले गर्दा कति वटा दलले चुनावमा भाग लिन्छन्, त्यसको पहिचान गर्न आवश्यक छ ।’’ निर्वाचनका लागि एउटा दलले आठ ठाउँमा दर्ता गर्नुपर्ने हुन्छ ।
‘‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने दलहरु कुन–कुन हो, पहिचान गर्नुपर्छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुन–कुन दलले भाग लिन्छन् भनेर सात वटै प्रदेशमा छुट्टाछुट्टै दलको नाम पहिचान गर्नुपर्छ,’’ उनले भने ।
उनका अनुसार दल पहिचान गर्नुको अर्थ समानुपातिकमा कुन–कुन ठाउँमा भाग लिन्छ भनेर थाहा पाउनु हो ।
प्रदेश अनुसार दल दर्ता फरक–फरक हुन सक्छ । अब प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने दलको पनि छुट्टाछुट्टै दर्ता हुन्छ । दल दर्ताका लागि धेरै लामो समय दिइँदैन । हप्ता दश दिन दिइन्छ ।
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...