तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग

काठमाडौं । नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले निर्वाचन मिति घोषणा गरेपछि यसरी सदन चलाउँन मिल्छ भन्दै प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।

‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ । उनले प्रधानन्यायाधीशका विषयमा छलफल गर्न पाँच महिर्नासम्म सदनमा किन नल्याएको थप प्रश्न गरेका हुन् ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २२, १५: २७

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण २२, १५: २७

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २२, १५: २७

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...