
काठमाडौं । देश चुनावी माहोलमा दौडिन लागेका बेला नेताहरुले चुनावी राजनीतिलाई अग्र भागमा राखेर गतिविधि गर्न थालेका छन् । यसपाली धेरैको सपना राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्नेमा आकाँक्षा व्यक्त गरिरहेका छन् । राजनीतिक मुद्दा भन्दा पनि पदिय मुद्धामा सक्रियतापूर्वक लागि परेका छन् । चुनाव नजिकिदै गर्दा प्रतिनिधि सभामा बहुमत सदस्यको समर्थन पाएर प्रधानमन्त्री बन्ने सपना मुख्य मुख्य दलका सबै नेताहरुले ताकेर बसेका छन् । नचाहँदा पनि म नै प्रधानमन्त्री बन्ने भनेर भाषण गर्न थालेका छन् । तर कतिपयले आलोपालो प्रधानमन्त्रीको सहमति गरेर जानुपर्ने हल्ला फिजाएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनेकाले आफु नै प्रधानमन्त्री बन्ने दाउमा छन् भने यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन् । एक पटक फेरी प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने अन्तिम इच्छा प्रकट गरिसकेका छन् । उता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिले नै मैदान नछाड्ने अडानमा लागेका छन् ।
यता नेपाली काँग्रेसभित्र प्रकाशमान सिंह, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शेखर कोइराला, डा. सशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु पनि प्रधानमन्त्रीका दाबेदार बन्ने चाहना राखेका छन् । झलनाथ खनाल, डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्नेमा अडान कायमै राखेका छन् । महन्थ ठाकुर, उपेन्द्र यादव पनि प्रधानमन्त्रीका दाबेदार बन्दै छन् । यता राप्रपाका राजेन्द्र लिङ्देन, स्वतन्त्रका रवि लामिछाने समेत प्रधानमन्त्रीकै चाहनामा दौडिरहेका छन् । प्रधानमन्त्री चाँडै फेरिने अवस्थाका कारण दाबेदारहरु धेरै देखिनु स्वभाविक भएको भनेर राजनैतिक वृतमा चर्चा चल्न थालेको छ । नयाँ बिकल्प साप्ताहिकबाट
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...