श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

राष्ट्रदेव श्री पशुपतिनाथ भगवानको असिम अनुकम्पाबाट काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.–९, स्यूचाटार भट्टराई गाउँमा अवस्थित भुवनेश्वरी मन्दिर परिसरको मर्मत सम्भार गरी सनातन हिन्दु धार्मिक गतिविधि सञ्चालनार्थ अक्षय कोष थप गर्ने पवित्र उद्देश्य एवं समस्त कूल–पितृ उद्धारहेतु आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।

उक्त महायज्ञमा दैनिक कार्यक्रम यसरी सञ्चालन गरिने मूल समारोह समितिका भक्त शिवजी भट्टराईले हाम्रो अनलाइनलाई बताए ।
२०७६ बैशाख १२ गते
पूर्वाङ्ग, ८ः३० बजेबाट कलशयात्रा, १२ः४५ समुद्घाटन
बैशाख १३ गतेबाट
प्रात ः ७ः०० बजेबाट मन्डप पूजा, पाठपारायण, नित्य हवन, पितृ–अर्चना, ग्रहशान्ति
११ः३० बजेबाट प्रवचन, भजन किर्तन साँझ ५ः०० बजेसम्म
बैशाख १८ गतेः साँझ लक्ष्यदीप प्रज्वलन, रात्री जाग्राम
बैशाख १९ गतेः १० बजेबाट मन्डप साङ्गता पूजन, तिलार्पण, पूर्णाहुति, पूर्ण कलशाभिषेक, विर्सजन, तिलकपाति तथा बिदाई कार्यक्रम रहेको छ ।

स्थान
भुवनेश्वरी मन्दिर परिसर
नागार्जुन न.पा–९, स्यूचाटार, भट्टराई गाउँ काठमाडौं ।
सम्र्पक नंः ९८५१०३४०९९, ९८५१०६८१९३, ९७५१०६२०२०, ९८५११९२३१५

उक्त श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको हिजो १२ गते एक समारोहकाबीच नागार्जुन नगरपालिकाका मेयर लगायतको उपस्थितिमा महायज्ञ आरम्भ गरिएको उक्त मुल समारोह समितिका शिवजी भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ बैशाख १३, १२: ४४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७६ बैशाख १३, १२: ४४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७६ बैशाख १३, १२: ४४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...