
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्रकारको निधन भएको छ । लामो समयदेखि बोनम्यारो क्यान्सरका कारण भारतको टाटा क्यान्सर अस्पतादेखि कलकत्ता र नेपालकै अस्पतालमा उपचार गराइरहेका ताम्रकारको बैशाख ९ गते निधन भएको हो ।
इमान्दार, स्वच्छ छवि र बौद्धिक व्यक्तित्वको रुपमा चिनिएका ताम्रकार रुपन्देही र त्यसमा पनि भैरहवा क्षेत्रका स्थापित र लोकप्रीय नेता पनि हुन् ।
कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले विश्वास र भरोषा गरेका ताम्रकारले कांग्रेसबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाले पार्टी छोडेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपनि ताम्रकारले टेकुमा भाडामा संचालित कांग्रेस पार्टी कार्यालयमा आफ्नै भवन सानेपामा सार्ने काममा योगदान दिएका थिए । त्यसबेला ताम्रकारलाई तत्कालिन सहमहामन्त्री गोविन्दराज जोशी र पूर्वअर्थमन्त्री डा. रामशरण महतले साथ दिएका थिए ।
२०४८ सालपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री र पछि श्रम मन्त्री हँदा नै ताम्रकारले बैदेशीक रोजगारीको लागि नेपाली दक्ष कामदारलाई खाडी र मलेसियामा जाने अवसर प्रदान गरेका थिए ।
पार्टी सभापति कोइरालाका विश्वास पात्र ताम्रकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष पनि भए । एउटै विचार र सिद्धान्त बोके पनि अलग संगठनात्मक स्वरुप भएको नेपाली कांग्रेस प्रजातान्त्रिक र त्यसका सभापति शेरबहादुुर देउवासँ वार्ता गरी कांग्रेसमा कांग्रेस प्रजातान्त्रिकको एकीकरण गर्नमा ताम्रकारको भूमिका प्रमुख थियो । पार्टी एकीकरण हुँदा उनले आफूले पाएको कोषाध्यक्ष पद समेत त्याग गरेका थिए ।
बोनम्यारो क्यान्सर रोगको उपचार विदेशमा गराइरहँदा देशमा आफ्नै पार्टी नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर, उनले एक रुपैयाँ पनि उपचारवापतको सुविधा पाएनन् । उपचार खर्च र सहयोगको याचना गर्दा समेत देउवा प्रधानमन्त्री हुँदा शाही सरकारका उपाध्यक्ष तुलसी गिरीलाई २५ लाख रुपैयाँ उपलब्ध गराइए पनि ताम्रकारलाई भने एक रुपैयाँ पनि दिइएन । त्यसपछि उनको परिवारले कांग्रेस पार्टीको नेतृत्वसँगको सहयोगको आशा गुमाएको थियो । पछि कांग्रेसकै केही नेताको पहलमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ लाख रुपैयाँ उपचार सहयोग गरेका थिए ।
बौद्ध परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको ताम्रकारप्रति श्रद्धाञ्जली दिन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेता तथा कार्यकता पशुपति आर्यघाट पुग्नु भएको थियो । स्वर्गीय ताम्रकारलाई छोरा प्रबुद्ध बज्राचार्यले दागबत्ति दिनु भएको थियो । ताम्रकारका श्रीमती जमुनादेवी ताम्रकार, छोरा प्रवुद्ध र एक छोरी हुनुहुन्छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...