
काठमाडौं । खुल्लामञ्च अतिक्रमण गरी बनाइएको सटरहरु भत्काउनुको सट्टामा काठमाडौं महानगरपालिकाले थप टहरा बनाउन दिएको भन्दै काठमाडौं क्षेत्र नम्वर ६ का सांसद भिमसेनदास प्रधान लगायतका सम्पदाप्रेमीहरुको दबाब र विरोधपछि सरकारले ति टहरा भत्काएको छ ।
कहिले नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा आफ्नै छोराको नाममा पास गरे त कहिले एमालेबाट काठमाडौको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा सटर हाल्न दि एभनेर संचार माध्यमबाट विरोध हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै ति अबैद्य सटर भत्काउन निर्देशन दिनु परेको थियो ।
शनिबार विहान करिव साढे ११ बजे नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको सुरक्षा घेराका बीच डोजर लगाएर सटर भत्काइएको हो । नयाँ बसपार्क बनाउन काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर ठेक्का लिएका जलेश्वर स्वच्छन्द विल्डर्सका प्रोपाईटर मनोज भेटवालले खुल्ला मञ्चमा निर्माण सामग्री राख्न र वसपार्क अस्थायी रुपमा संचालन गर्नको लागि अनुमति लिएको थियो ।
तर सो कम्पनिका मालिक भेटवालले अस्थायी वसपार्कमा गत चैतदेखि ५१ वटा अस्थायी सटरहरु निर्माण गरी बैशाख २ गतेदेखि भाडामा दिएका थिए । उनले प्रति सटर १२ हजार रुपैयाँसम्म असुलेर सो सटर भाडामा दिएका हुन् । बनाइएका नयाँ सटर मात्र महानगरपालिकासँग भएको सम्झौता विपरितका हुन । तर महानगरपालिकाले करिव एक रोपनी खुल्लामञ्चको जग्गा भने अस्थायी रुपमा सञ्चालन गर्नको लागि अनुमति दिएको थियो ।
खुल्ला मञ्चमा सटर र टहरा निर्माण भएको थाहा पाएर पनि महानगरका मेयर बिद्या सुन्दर शाक्यले देखेको नदेखि बसेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले संसददेखि सार्वजनिक स्थलमा खुल्ला क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै बारम्बार बिरोध गर्दै आएका थिए ।
महानगरपालिकाका प्रमुखलाई बारम्बार भन्दा समेत नमानेकोले आफूले सडकमा नै प्रदर्शन गर्नु परेको प्रधानले बताएका छन् । महानगरले नमान्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नै कडा निर्देशन दिएर खुल्ला मञ्चका सटर हटाईएको भन्दै सांसद प्रधानले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको भूमिकाको सह्रहना पनि गरे ।
प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएकोमा खुसी व्यक्त गर्दै खुल्लामञ्चका सटर हटाउन नै हाम्रो जीत नभइ सानो उपलब्धिमात्रै भएको वताए । काठमाडौं–२८ नम्बर वडाका वडाअध्यक्ष भाईराम खड्गी र सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन दबाब दिएको भन्दै आगामी दिनमा आफ्नो वार्ड भित्रको कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने बताए ।
झापाको सुरुङा स्थायी घर भएका भेटवाल पहिलेदेखि नै अटेरी ठेकेदारको रुपमा चिनिन्छन । उनले प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले कलंकीस्थित चौकमा चाईना सरकारसँग भएको सम्झौता बमोजिम अण्डरपास बाटो निर्माण हुने भएकोले आकाशे पुल नबनाउनु दिएको निर्देशन समेत उलंघन गरेका थिए ।
उनले बसपार्कमा भ्यू टावर निर्माण गर्ने भनी २०६९ सालमा कामठाडौं महानगरपालिकासंग ठेक्का सम्झौता गरेपनि हालसम्म १० प्रतिशत पनि काम भएको छैन् । यो ठेकेदार कम्पनीले यही बर्षभित्र सो भ्यु टावर निर्माण गरिक्ने भनी महानगरपालिकासँग सम्झौता गरेको थियो ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...