काठमाडौं । नेपाली कांग्रेसले सत्ताको आडमा सरकारले गरेका गलत क्रियाकलाप विरुद्ध भण्डाफोर र उजागर गर्दै पार्टीमा आन्तरिक जागरण पैदा गर्न आगामी बैशाख २५ गतेबाट शुरु गर्ने जनजागरण अभियानमा गोष्ठी, भेला, अन्तरक्रिया र गोष्ठीका अतिरिक्त प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
पार्टी उपसभपाति तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले जनजागरण अभियानलाई टेवा पुर्याउन र उत्साह थप्न प्रशिक्षण कार्यक्रमलाई सँगसँगै लैजाने बताएका हुन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त भएका ४८ जना सदस्यहरुलाई पहिलो पटक आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उपसभापति निधिले यस्तो बताएका हुन् ।
सपथ ग्रहणपछि प्रतिष्ठानका सदस्यहरुलाई निर्देशन दिँदै सभापति शेरबहादुर देउवाले अनुशासनरहित पार्टी कहिल्यै पनि बलियो नहुने बताए । उनले पार्टीको तल्लो तहका कार्यकर्तासम्म पुगेर अनुशाशित पार्टी कसरी बनाउन सकिन्छ भनेर प्रशिक्षित गर्न आग्रह गरे । प्रशिक्षण दिनेहरुले आगामी चार बर्षमा हुने सबै निर्वाचनमा कांग्रेसलाई कसरी एक नम्वरको पार्टी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिन आग्रह गरे ।
उनले अहिलेको जस्तो आचरणले पार्टीका अनुशासन कायम गर्न नसकिने बताए । पार्टीले आफ्नैका कारण चुनाव हारेको भन्दै देउवाले जित्नेलाई हार्नेले सहयोग गर्ने परम्पराको शुरुआत गर्नु जरुरी भएको बताए । पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको दुई बर्षपछि गत बर्ष बैशाख २१ गते पार्टी उपसभापतिमा नियुक्त भएका विमलेन्द्र निधिले साउन २ गते पुरुषोत्तम दाहाललाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।
दाहाललाई नियुक्त गरेको करिव ८ महिनापछि मात्र उपसभपाति निधिले प्रतिष्ठानमा पहिलो ३८ र पछि १० जनालाई सदस्यमा नियुक्त गरेका थिए । प्रतिष्ठानको सदस्यमा हरेक प्रभावशाली नेता र पदाधिकारी निकटका कार्यकर्ताहरु धेरे राखिएको छ । बरिष्ठ पत्रकार हरिहर विरही र नेपाल प्रत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल सदस्य छन् । प्रतिष्ठनमा पार्टी सभापतिकी पत्नी डा. आरजु राणा देउवादेखि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल र जगदीशचन्द्र पोखरेल पनि सदस्य छन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...