सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मने खतराः सांसद्हरु – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मने खतराः सांसद्हरु

काठमाडौं । संसदको अर्थ समितिले दुईवटा उपसमिति बनाएर सातै प्रदेशमा आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिनुपर्ने विषयका बारेमा विषयबारे सरोकारवालाहरुसँग छलफल गरेको जनाइएको छ ।

छलफलपछि प्राप्त सुझावहरुलाई समेटेर उपसमितिहरुले बैठकमा प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा उल्लेखित विषयबारे समितिका सचिव सुरेन्द्र अर्यालले सांसदहरुलाई जानकारी गराएका थिए । बैठकमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

समाजवादी नेपाल पार्टीका सांसद डा.बाबुराम भट्टराईले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यकताको आधारमा बजेट तर्जुमा गर्नुपर्ने माग राखेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मने तर्क गरेका थिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०७६ बैशाख २५, ०८: २९

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०७६ बैशाख २५, ०८: २९

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ बैशाख २५, ०८: २९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...