
काठमाडौं । सत्तारुढ घटक संघीय समाजवादी फोरमका अध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टी एकताको नाममा आफ्नो पार्टीमा हुल्न सफल भएका छन् ।
राजनीतिक रुपमा सफलता पाउन नयाँ शक्ति नेपाल नामक पार्टी खोलेका बाबुरामले संगठनात्मक संरचना बलियो बनाउन नसकेपछि उपेन्द्र यादवको फेर समाएर राजनीतिक बैतरनी तर्ने उपाय रचेका हुन् । दुवै पार्टीबीच बैशाख २३ गते भएको पार्टी एकीकरण घोषणा सभासँगै बाबुरामले आफ्नो राजनीतिक उचाई लिन उपेन्द्र यादवको सहायता लिएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एकीकरणको गृहकार्य गरेको थाहा पाएका बाबुरामले हतारमा पार्टी एकता घोषणा गरेको धेरै टिप्पणी गर्न थालेका छन र पूर्वराज्य मन्त्री कल्पना धमलासहितका नेताहरुले असन्तुष्टी जनाएर अलग हुने घोषणा गरिसकेका छन् । फोरम र नयाँशक्ति मिलेर बनेको समाजवादी पार्टी नेपालमा बाबुरामले ७ पदाधिकारीसहित केन्द्रीय समितिमा एक सय ७१ जनालाई राख्न सफल भएका छन् ।
उता फोरमबाट भने पदाधिकारीमिा १३ जनासहित केन्द्रीय समितिमा दुई सय ८० जना परेका छन् । सो पार्टीमा फोरम केन्द्रीय सदस्य रहेका चर्चित बदनाम ठेकेदार हरिनारायण रौनियार साह (पप्पु) सहितका नेताहरु छन् । बाबुरामलाई संघीय समितिको अध्यक्ष बनाइएको छ भने उपेन्द्रलाई केन्द्रीय समितिको अध्यक्ष बनाइएको छ । केन्द्रीय समितिलाई संघीय परिषद्ले गरेको निर्णय समेत उल्टाउने अधिकार छैन । तर नेपालको राजनीतिक चतुर खेलाडीको रुपमा स्थापित भएका उपेन्द्रले परिषद्मा समेत आफ्नो बहुमत बनाउने भएका छन् ।
२५ सदस्यीय पदाधिकारी रहने भन्ने समाजवादी पार्टीको पदाधिकारीमध्ये हाल फोरमबाट अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता असोक राई, सहअध्यक्ष राजेन्द्र राई, उपाध्यक्षहरु रकम चेम्जोङ, धनहर्क राई, युवराज कार्की, रेणुकुमारी यादव र रणध्वज कन्दङवा, महासचिव रामसहाय यादव, उपमहासचिव, नरवहादुर विश्वकर्मा र प्रकाश अधिकारी र परशुराम बस्नेत, सचिवमा मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव छन् । नयाँ शक्तिबाट भने अध्यक्ष बाबुराम, उपाध्यक्ष, हिसिला यमी, नवराज सुवेदी, महासचिव पर्शुराम खापुङ, उपमहासचिव डम्बर खतिवडा, सचिव गंगाराम श्रेष्ठ रहेका छन् ।
पार्टी एकतापछिको पहिलो बैठकले बिधान पारित गर्ने भनिए पनि त्यसका सहमति हुन सकेको छैन् । पदाधिकारीमा दुई सदस्य थप गर्न अझै बाँकी छ । दुवै पार्टीबीचको एकतापछि चुनाव चिन्ह कस्तो हुने भन्ने बिषयमा सहमति नहुँदै दुवै नेताको उपस्थितिमा देशका आठ स्थानमा आमसभा गर्ने निर्णय समाजवादी पार्टीले गर्ने भएको छ । जेठ ११ गते बिराटनगरबाट शुरु हुने आमसभामा बाबुराम र उपेन्द्र दुवैले संवोधन गर्ने भएको छन् ।
आन्दोलनको रिहर्सलको रुपमा आमसभा गरिएको भएपनि पार्टीको जिल्लागत तहमा एकता भएको छैन् । उनीहरुले १२ गते जनकपुरमा, १३ गते वीरगंजमा, १७ गते भैरहवामा, १८ गते नेपालगञ्जमा, १९ गते सुर्खेतमा, २१ गते धनगढीमा र २५ गते पोखरामा आमसभ ागर्ने भएका छन् । संविधान संशोधन नभए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
फोरम र नयाँशक्तिबीचको एकतापछि समाजवादी पार्टी नेतपाल अब संसदको तेश्रो ठूलो दल हुने भएको छ । फोरमका १७ र नयाँशक्तिका एक सांसद प्रतिनिधिसभामा छन् । उपेन्द्रलाई देखाएर सत्तामा जाने दाउमा रहेका बाबुरामलाई उपेन्द्रले कति साथ देलान त्यो त भविश्वले नै देखाउने छ । तर बाबुरामले आन्दोलन गरेरै यो सरकारलाई ठीक ठाउँमा ल्याउने भन्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै आएका छन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...