
काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रको शीर्ष नेताको रुपमा आफ्नो पहिचान बनाएका कृष्णबहादुर महरा यतिवेला संघीय संसदको प्रतिनिधिसभा सभामुख छन् ।
राजनीतिमा कहिले आरोह र अवरोध व्यहोर्दै आएका महरा माओवादीले शुरु गरेको शसस्त्र आन्दोलनको समयमा होस् कि संसदीय राजनीतिक प्रतिष्पर्धामा होस, सँधै समन्वयकारी भूमिका निर्वाह गर्ने नेताको रुपमा चिनिन्छन् । कतिपय अवस्थामा भने उनको भूमिका बिबादरहित छैन् ।
माओवादी विद्रोहमा रहँदा घोषणा गरिएको युद्धविरामको समयमा महराको भूमिका सँधैजसो वार्ता टोलीको संयोजक वा सदस्यको रुपमा हुने गरेको थियो । शान्ति प्रकृयामा आइसकेपछि पनि महराको भूमिका वार्ता टोलीको संयोजकको रुपमा थियो ।
उनी माओवादी सत्तामा हुँदा सँधै अवसर पाउने नेताका रुपमा चिनिन्छन् । उनी गृह, अर्थ र संचारमन्त्री भइसकेका छन् । पार्टीमा हाईकमाण्ड पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र भनेर चिनिएका महराको विदेश सम्वन्ध पनि राम्रो मानिन्छ ।
उनी माओवादी लडाकुको भरण पोषण र त्यो काण्डको बिबादमा समेत मुछिएका हुन् । त्यसका साथै महरा चिनियाँ सहयोग लिएको र विराटनगर जुटमिल शेयर बिबाद प्रकरणमा पनि मुछिएका पात्र हुन् ।
प्रतिनिधिसभाको सभामुखको भूमिकामा रहेका महरालाई संविधान र संसदीय अभ्यासको उल्लघन गरेको र नमानेको आरोप विपक्षी नेपाली कांग्रेसले लगाउँदै आएको छ । गतबर्ष प्रतिपक्षी दल कांग्रेसले संविधान बमोजम सभामुख र उपसभामख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक लिंग र फरक र राजनीतिक दलको हुनुपर्नेमा दुवै सदनका दुवै पद नेपाल कम्युनिष्ट पार्टीको सदस्यले लिँदै आएका छन् ।
त्यसैले संविधान अनुसारको फरक–फरक दलको सदस्य सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष हुनुपर्ने माग उठाएको कांग्रेसलाई सभामुख महराले कुनै जवाफ दिएनन् । कांग्रेस सांसदहरुको विरोध, नाराजुलुस वेल घेराउ हुँदा समेत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसले संसदको कारबाहीको बिरोध गरेको थियो ।
यस पटक पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्रीलाई मर्यादामा बसाउन नसकेको आरोप महरालाई लाग्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री ओलीसम्मले सदनमा संवोधनको क्रममा एक पटकभन्दा बढी सभामुखलाई संवोधनसम्म गरेका छैनन् ।
त्यति मात्र होइन, उनीहरुले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी कांग्रेसले आपत्ति समेत नजनाएको होइन । प्रधानमन्त्रीले त सभामुख महराको अनुमतिबिनानै सदनमा रहेका विपक्षी सांसदसँग बाद प्रतिबाद र झगडा गरिरहे ।
यस्तो अवस्थामा सभामुख महराले प्रधानमन्त्री र विपक्षी सांसद दुवैको ध्यानाकर्षण गराएर उनीहरुले उठाएका जिज्ञासाको समाधान गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री ओलीले विपक्षी सांसदलाई सदनको कारबाही चलिरहेको बेला निकै हप्काई दप्काई र चेतावनी दिइरहेको बेला सभामुख भने विपक्षी सांसदलाई सम्झाउने र चेतावनी दिँदै थिए ।
सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै यसअघि कांग्रेसका सांसदहरुले मात्र गुनासो र टिप्पणी गर्दै आएका थिए । तर, प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख २५ गते आयोजित एक कार्यक्रममा सभामुख कृष्णबहादुर महरालाई काँतरकै संज्ञा दिए । कांग्रेसले शुरु गरेको जागरण अभियानको काठमाडौंमा उद्घाटन गर्ने क्रममा सभापति देउवाले यति काँतर, डरपोक सभामुख आफूले कहिल्यै नदेखेको टिप्पणी गरे ।
सत्ता सरकारको भएपनि सदन विपक्षी हो भन्ने बिषयमा समेत सभामुखलाई हेक्का नभएको टिप्पणी गर्दै कांग्रेस सभापति देउवाले संसदीय अभ्यास, परम्परा र यसको विशेषता अनि महत्व सभामुखले नबुझेको अरोप लगाए । उनले सभामुखकै कारण सदनमा प्रतिपक्षी कांग्रेसले देश र जनताको पक्षमा उठाएको आवाजलाई न्युनीकरण गर्न खोजेको आरोप लगाए ।
नेपालको संसदीय इतिहासमा २०४८ सालदेखि संसदमा प्रतिनिधित्व गर्दै आएका कांग्रेस सभापति देउवा नेपालका दुई नेतामध्ये एक हुन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारपनि ०४८ सालदेखि हरेक संसदीय निर्वाचनबाट निर्वाचित हुँदै आएका छन् ।
सोही कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराले संसदको मर्यादा र गरिमा राख्न नसकेको आरोप लगाए । नेता सिंहले संसदीय प्रणाली र व्यवस्थालाई प्रधानमन्त्री ओलीले होच्याउँदा समेत सभामुख निरिह भएर चुपचाप बसेको भन्दै सभामुखको भूमिप्रति असन्तुष्टी व्यक्त गरे ।
दुई तिहाईको बलमा हामीले संसदभित्र वा वाहिर जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका प्रधानमन्त्रीलाई सदन भित्र सभामुखले मर्यादामा राख्न नसकेको सिंहको टिप्पणी थियो ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...