
काठमाडौं । सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक सदनमा दर्ता गरेपछि देशभर विरोधमा कार्यक्रमहरु हुन थालेका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा आज बानेश्वरमा सञ्चारकर्मीहरुले सञ्चार उपकरणका साथै एक घण्टा धर्नासमेत दिएका छन् । उक्त धर्ना कार्यक्रममा नागरिक अगुवा सुन्दरमणि दीक्षित, कपिल श्रेष्ठ, चरण प्रसाई लगायत विभिन्न अधिकारीकर्मीहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व लगायत सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघको पहिलो चरेको कार्यक्रम अन्र्तगत आज केन्द्रले बानेश्वरमा र जिल्लाहरुले जिल्ला प्रशसन कार्यालय अगाडि धर्ना दिएका थिए ।
बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु उल्लेख्य रुपमा सहभागी भएका थिए । सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख समेत बाँधेर धर्ना दिएका थिए ।
प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएकोले महासंघले आइतबार बिहान आठ बजे सरोकारवाला पक्षसँग छलफल गरेर थप सशक्त आन्दोलनको घोषणा गरिने उपाध्यक्ष विपुल पोखरेलले बताए ।
काठमाडौं : नेपाली कांग्रेस ले विशेष महाधिवेशनमार्फत संशोधन गरेको विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब...
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...