
काठमाडौं । सरकारलाई करोडौं राजस्व र मजदुरलाई दिनुपर्ने तलब भत्ता नदिई संचालनमा आएको रोयल क्यासिनोकी नक्कली संचालक बनेकी जयन्ति थापा मगरले खास लगानीकर्ता भारतीय नागरिक आशिस पटेलको करोडौं लगानी कब्जामा लिएकी छन् ।
सर्वोेच्च अदालतको अन्तरिम आदेशबाट २०७२ साल फागुन १५ देखि पुनः सञ्चालनमा रहेको गिल्ट इन्भेस्टमेन्ट प्रालिको नाममा संचालित क्यासिनो रोयललाई त्यसका संचालक पटेलले क्यासिनोकै कर्मचारी जयन्ती थापा मगरलाई विश्वास गरेर उनकै नाममा स्वामित्व हस्तान्तरण गरेका थिए । तर आफूले विश्वास गरेकी जयन्तीले पटेललाई क्यासिनोमा छिर्न समेत नदिइ पटेलको बिचल्ली बनाएकी छन् ।
गत हप्तादेखि केही मजदुर नेताको मिलेमतोमा नयाँ समुहले कब्जामा लिई क्यासिनो संचालन गरेको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनो आशिष पटेलले खरिद गरि रोयल क्यासिनोकै आफ्नो बिस्वस्त कर्मचारी जयन्ति थापामगरको नाममा सुरेन्द्र बहादुर सिंहबाट २०७५ साल भदौ १७ मा नामसारी गरिदिएका थिए । रोयल क्यासिनोको मालिक भएपछि थापामगरबिरुद्द सम्पती सुद्दिकरण विभागमा मुद्दा पनि परेको थियो ।
करिब ८ महिना आशिष पटेलकै निर्देशनमा क्यासिनो संचालन भएपछि बिना लगानी आफ्नो नाममा आएको क्यासिनोबाट जयन्तीले धेरै फाईदा लिने आशंका गर्दै पटेललाई धोका दिई सुनिलजंग रायमाझी, मनोज सुबेदी, गोकर्ण लामिछाने, अनिश लगाएतलाइ क्यासिनो रोयल चलाउने जिम्मा दिएकी थिइन् । उनले भारतमा बस्ने आशिष पटेललाई क्यासिनोभित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिएकी थिइन् ।
मगरले पटेललाई अनलाइन मोनिटरिङ सिस्टमबाट समेत हटाई क्यासिनो कब्जा गरेकी थिइन् । जयन्तीले पटेलका प्रतिनिधिहरु एक्जुकेटिभ डाइरेक्टर निशान्त पटेल, फुर्ड एण्ड बेभरेजका प्रशान्त पटेल, मार्केटिङ प्रमुख वसन्त सापकोटा र फाइनान्स प्रमुख अपी जोशीलगाएतका पटेल नजिकका कर्मचारीलाई जबर्जस्ती निस्काशन गरी नयाँ समुहलाई क्यासिनोको जिम्मा लगाएकी थिइन । थापामगरले मनोज लगायतको समुहबाट दुई करोड पचास लाख नगद लिईसकेकी छन् भने बाँकी तीन करोड पचास लाख प्रति महिनाका दरले लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको छ ।
अहिले जयन्तीले दैनिक पचास हजार क्यासिनोबाट लिने गरेकी छन् । एकातर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्ती थापामगरले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु गराउनु भन्दै दोस्रो पत्र पठाएपछि थापामगर अप्ठ्यारोमा परेकी थिइन । क्यासिनो अर्को समुहलाई जिम्मा लगायर एकमुष्ट रकम लिई थापामगर बिदेश पलायन हुन खोजेको एक कर्मचारीले बताए ।
क्यासिनो संचालक पटेलका कारण एकाएक करोडपति बनेकी जयन्तीले पटेललाई धोका दिएर अझै बढी कमाउने सोचाईका साथ विदेश भाग्ने योजनामा रहेकी छन् । क्यासिनोका पीडित कर्मचारीहरुले पर्यटन बिभाग, कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय, राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ति थापामगर बिदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर गरी सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४ र मजदुरहरुको १७ करोडभन्दा बढी तलब र संचयकोष तत्काल चुक्ता गराउन आग्रह गरेका छन् । अहिले क्यासिनोका जुन मजदुरले बिरोध गर्छन पैसा र संचयकोषको माग गर्छन् ति मजदुरलाई जागिरबाट निकाल्ने गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । सो विभागले पठाएको पत्रमा सर्वोेच्च अदालतको मिति २०७२ फागुन १५ को अन्तरिम आदेश बमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५ भदौ १७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको हो ।
महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शुल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको छ । पर्यटन विभागले क्यासिनो रोयलकी सञ्चालिका थापामगरले पठाएको पत्रबाट चित्त नबुझेपछि पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी छिन ।
सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि मनोज सुबेदी लगाएतलाई क्यासिनोमा भित्र्याइएको छ ।
जयन्तीले मनोज सुवेदी लगायतको समुहबाट दुई करोड पचास लाख नगद लिईसकेकी छन् भने बाँकी तीन करोड पचास लाख प्रतिमहिनाको पचास लाखका दरले लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको हो । भारतको गुजरात अहमदाबाद घर भएका आशिष पटेल नेपालमा क्यासिनोमा लगानी गर्दा लुटिएको यो तेस्रो पटक हो । पटक–पटक क्यासिनोमा लगानी गर्दा पटेलको २४ करोड रुपैयाँ गुमेको छ । गत भदौ १७ गते सुरेन्द्र बहादुर सिंहको नामको गिल्ट इन्भेस्टभेण्ट प्रा.लि त्यही क्यासिनोकी कामदार जयन्ती थापाले नाममा सेयर ट्रान्सफर गरे ।
पटेलले एफडीआई ल्याएपछि जयन्तीले कम्पनी छाड्ने कागज गरिन । त्यही कागजको भरमा पटेलले १४ करोड रुपैयाँ लगानी गरे तर फेरि पनि उस्तै घटना क्रम दोहोरियो । जयन्ती थापाले अन्य व्यक्तिलाई क्यासिनो दिने सम्झौता गरेर क्यासिनोका संचालक पटेललाई क्यासिनो छिर्न रोक लगाइन ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...