पहिलो चरणको काँग्रेसको जनजागरण सकियो – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

पहिलो चरणको काँग्रेसको जनजागरण सकियो

कार्यकर्ता भन्छन्, आन्तरिक कलह, गुटबन्दी त्याग्नुस् अनि आउनुहोस्

काठमाडौं । नेपाली काँग्रेसको पहिलो चरणको जनजागरण अभियान आज समाप्त भएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसले संगठन सुदृढीकरण र वर्तमान सरकारले गरेको जयाजती विरुद्ध भन्दै जनताको घरदैलोमा जाने कार्यक्रम अन्तर्गत जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा आ–आफ्नै कार्यकर्ता बटुलेर सिमित नेताहरुको भाषण पश्चात् जनजागरण अभियान सकिएको छ ।

थोरै नेताहरुले बोल्ने र केन्द्रकै कुरा बढी सुनाएका कारण कार्यकर्ता आक्रोशित भइरहेका कारण उनै कार्यकर्ताले दर्शकदीर्घाबाट भएपनि तपाईहरु सच्चिनुस्, तपाईहरु मिल्नुस्, तपाईहरुले गुट त्याग्नुस् । अनिमात्रै हामीलाई सिकाउनुहोस् भन्दै गर्दा बल्लबल्ल नेताहरुले कार्यक्रम सिध्याएर केन्द्रमा फर्केका छन् ।

अधिकांश कार्यकर्ताले पार्टीभित्र आन्तरिक कलह, गुटबन्दी भएका कारण पार्टी पछाडि परीरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको हैसियतले गर्नसक्ने कार्य समेत गर्न नसकेको भन्दै अधिकांश जिल्लाका कार्यकर्ताले आक्रोस पोखेको हाम्रा विभिन्न समाचारदाताले बताएका छन् ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ जेष्ठ १०, ११: १९

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ जेष्ठ १०, ११: १९

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ जेष्ठ १०, ११: १९

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...