भ्रष्टाचारको अभियोगमा कर्णेल कार्की जेल चलान – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

भ्रष्टाचारको अभियोगमा कर्णेल कार्की जेल चलान

काठमाडौ । उदयपुरस्थित कालीसिद्धी गणका गणपति प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) केशवराज कार्की सरकारी बजेट अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको अभियोगमा जेल चलान भएका छन् ।

नेपाली सेनाको सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्णेल कार्कीलाई सैनिक सेवाबाट बर्खास्त गरी शुक्रबार राति नै जेल चलान गरिएको छ । सेनाको समरी जनरल अदालतले पेस गरेको निर्णयलाई शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि उनलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय तोकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सरकारी बजेटमा हिनामिना भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो । तोकिएको काम नगरी करिब पचास लाख उनले भ्रष्टाचार गरेको छानबिनबाट देखिएको थियो । छानबिनबाट भ्रष्टाचारको कसुर देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ तीन गते सुनुवाइ सकिएपछि शुक्रबार फैसला सुनाइएको हो । उनले हिनामिना गरेको ४९ लाख असुलउपर गर्ने गरी फैसला गरिएको छ ।

भष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिता तथा अनुचित काममा संलग्न सैनिक कर्मचारीमाथि प्रभावकारी रुपमा कारबाही अघि बढाउँदै आएका छन् । भर्ना छनोटमा अनियमिता गर्ने १८१ जना सैनिक कर्मचारीलाई यसअघि नै थापाले कारबाही गरिसकेका थिए ।

त्यसैगरी सेनाले रिपुमर्दिनी स्कूलमा अनियमिता गर्ने शिक्षकमाथि पनि केही समयअघि कारबाही भएको थियो । सेनाको कारबाहीलाई अझ् स्वच्छ, मर्यादित र व्यवसायिक बनाउनका लागि प्रधानसेनापतिकै विशेष पहलमा नयाँ आचारसंहिता लागु गरिएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयमा सैनिक नेतृत्वले जोड दिदै आएको छ र उलंघन गर्नेमाथि कारबाही हुँदै आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७६ जेष्ठ १२, १०: ३६

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७६ जेष्ठ १२, १०: ३६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७६ जेष्ठ १२, १०: ३६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...