ज्योति बसुको सरापका कारण भारतीय कम्युनिष्ट बढारियो – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

ज्योति बसुको सरापका कारण भारतीय कम्युनिष्ट बढारियो

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीले लोकसभा निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गर्ने दाबी गरेका थिए । तर, गत साताको विहीबार चुनावी नतिजा सार्वजनिक हुँदा येचुरीको दाबी असफल सावित भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाचा गरेअनुसार रोजगारी दिन नसकेको र कांग्रेसको हालत खराब भएका कारण आफ्नो पार्टीले लोकसभामा कमाल देखाउने माक्र्सवादी नेता येचुरीको दाबी थियो ।

आखिर १७ औं लोकसभा निर्वाचनको परिणाम येचुरीले भने जस्तो आएन । बिहीबार भएको मतगणना अनुसार कम्युनिस्ट फ्रन्टले ५४२ मध्ये जम्मा पाँच स्थानमा जित हासिल ग¥यो । त्यसमध्ये भाकपा माक्र्सवादीले तीन स्थानमा जितेको छ । माक्र्सवादी तमिलनाडुबाट दुई र केरलाबाट एक सिट जित्न सफल भएको हो ।

कम्युनिष्ट फ्रन्टकै अर्को पार्टी भारतीय कम्युनिस्ट पार्टी (भाकपा)ले दुबै सिट तमिलनाडुबाट जितेको छ । कम्युनिष्ट फ्रन्टले यसपटक जितेको सिट सन् २०१४ को भन्दा आधा कम हो । त्यतिबेला भाकपा माक्र्सवादीले ९ र भाकपाले एक सिट जितेका थिए ।

सन् १९२५ मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टी सन् १९६४ मा विभाजित भएर भाकपा र भाकपा माक्र्सवादी बन्यो । त्यसयता भाकपा माक्र्सवादी त्यहाँको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको रुपमा क्रियाशील छ ।

सन् २००४ को निर्वाचनमा भाकपा माक्र्सवादी लोकसभाको तेस्रो ठूलो दल बनेको थियो । त्यतिबेला भाकपा माक्र्सवादीले ४३ र सुरवरम सुधाकर रेड्डीको भाकपाले १० स्थानमा जित हासिल गरेका थिए । सबै भन्दा ठूलो दल कांग्रेसले १४५ र भाजपाले १३८ सिट जितेका बेला भाकपाको मत निर्णायक बन्यो । त्यहीबेला भाकपा माक्र्सवादीका नेता सोमनाथ चटर्जी लोकसभाको सभामुख बन्न सफल भएका थिए ।

मनमोहन सिंह नेतृत्वको कांग्रेस सरकारलाई समर्थन गरेको भाकपा माक्र्सवादीले सन् २००९ को चुनावमा भने आधा भन्दा बढी सिट गुमायो । ४३ सिटबाट भाकपा माक्र्सवादी १६ सिटमा झर्याे । भाकपाको पनि अघिल्लो चुनावमा भन्दा ६ सिट घट्यो ।

१९९६ को निर्वाचनमा भाकपा माक्र्सवादी ३२ र भाकपा १२० जिते पनि १९९७ मा आधुनिक भारतको इतिहासमै पहिलोपटक कम्युनिष्ट प्रधानमन्त्री बन्ने प्रस्ताव ज्योति बसुलाई आएको थियो ।

भाकपा माक्र्सवादीका शीर्षनेता तथा पश्चिम बंगालमा २३ वर्ष लगातार मुख्यमन्त्री बनेका ज्योति बसुलाई त्यसबेला प्रधानमन्त्रीको प्रस्ताव आएको थियो ।

हिन्दू कट्टरपन्थी भारतीय जनता पार्टी (भाजपा)लाई रोक्न तत्कालीन भाजपाकै नेता अटल बिहारी बाजपेयीकै उचाईका शीर्षनेता बसुलाई कांग्रेस आइ लगायतका पार्टीले प्रधानमन्त्रीको प्रस्ताव राख्दा बसुकै पार्टी भाकपा माक्र्सवादीले नै सो प्रस्ताव अस्वीकार गर्यो ।

त्योबेला भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले नेपालको मजदूर किसान पार्र्टी जस्तै संसदको चुनावमा भाग लिने तर केन्द्र सरकारमा नजाने नीति लिएको थियो ।

यदि पार्र्टीले उक्त प्रस्ताव मानेको भए ज्योति बसु दक्षिण एशियाकै दोस्रो कम्युनिस्ट प्रधानमन्त्री हुने थिए । नेपालमा मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनिसकेका थिए । पार्टी निर्णयबाट दुःखित बनेका बसुले केही समयपछि पार्टीको उक्त निर्णयलाई ‘हिस्टोरिक ब्लण्डर’ अर्थात ऐतिहासिक महाभूल भनेका थिए ।

त्यो घटनाको २२ वर्षपछि आउँदा यो भन्न सकिन्छ कि भारतका कम्युनिस्टलाई बसुको श्राप लाग्यो । बसु ९ वर्षअघि नै बितिसकेका छन् । पश्चिम बंगालको सत्तारुढ कम्युनिष्ट पार्टी सडकमा पुगिसकेको छ ।

बसुको अवसानसँगै भारतमा शुरु भएको कम्युनिस्ट पार्टीको ओह्रालो यात्रा यस पटक ‘क्लाइमेक्स’मा पुगेको छ । एउटा गलत निर्णयले पार्टीलाई कहाँ पुर्याउँछ भन्ने दृष्टान्त हो भारतको कम्युनिष्ट आन्दोलनको ।

बसुलाई प्रधानमन्त्री बन्न गरिएको आग्रह यो पहिलो भने थिएन । ज्योति बसु भारतीय राजनीतिमा नेहरु राममनोहर लोहियाहरु पछिका शिखर व्यक्तित्व थिए । उनलाई राजिव गान्धीले सन् १९९० र १९९१ मा दुईपटक प्रधामन्त्री बन्न प्रस्ताव राखेका थिए । तर उनकै पार्टीले रोक्यो ।

जबकि त्यही पार्टीले सन् २००४ मा लोकसभाको सभामुखमा सोमनाथ चटर्जीलाई पठायो र सभामुखलाई कार्यकालको अन्त्यमा पार्र्टीले कारवाही गरेपछि उनले कम्युनिष्ट पार्टीनै त्यागे ।

सम्बन्धित समाचार

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७६ जेष्ठ १४, ०७: १०

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७६ जेष्ठ १४, ०७: १०

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...

विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
  • २०७६ जेष्ठ १४, ०७: १०

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार...