अलिले गर्दा बिबादमा तानिए प्रधानमन्त्री ओली – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

अलिले गर्दा बिबादमा तानिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्राविधिक विज्ञ अस्गर अलीले नेटवर्किङ व्यवसायमा संलग्न अभियुक्तलाई छुटाउन भूमिका खेलेको घटनाले प्रधानमन्त्रीको सचिवालयलाई बिबादमा तानि दिएको छ ।

अलीले नेटवर्किङ व्यवसायमा लागेका दुई व्यक्तिलाई छुटाउन मोबाइलबाट फोन गरी सुरक्षाकर्मीलाई दबाब दिएको घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको सचिवालय नै बिबादमा तानिएको हो ।

एक साप्ताहिक पत्रिकाबाट उजागर भएको सो घटनालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खण्डन भने गरेका छन् । घटना विवरण अनुसार नेटवर्किङ व्यवसायको आवरणमा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल दाउद समूहले नेपालबाट आर्थिक परिचालनको काम गरिरहेको भन्ने सूचनाको आधारमा संलग्न व्यक्तिहरुलाई महानगरीय अपराध महाशाखा तथा प्रहरी परिसर काठमडाौंको टोलीले गतसाता दुईपटक गरेर पक्राउ गरेको थियो ।

घटना बिबरण अनुसार जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहल अघिल्तिरबाट प्लाष्टिकको झोलामा बोकिएको रकमसहित केही व्यक्ति पक्राउ परेका थिए । तिनले पक्राउलगत्तै प्रहरीलाई दिएको प्रारम्भिक बयानमा सो रकम सरकारी वकिलसँग कुरा भएर मुद्दा सहज बनाउनका लागि तयार पारिएको बताएका थिए ।

ती व्यक्तिहरुको पक्राउपछि प्रधानमन्त्रीका प्राविधिक विज्ञ अस्गर अलीले मोबाइलबाट फोन गरी पक्राउ परेका व्यक्तिलाई छुटाउन भूमिका खेलेका थिए । स्रोतका अनुसार अलीले तत्कालिन नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका, सिराहाको लाहान घर भएका एकजना पदाधिकारीलाई अघि सारेर प्रहरीका अनुसन्धान अधिकृतहरुसँग कुुरा गर्न पठाएको सुत्रको दाबी छ ।

अलीले पठाएका एक व्यक्तिले प्रहरी परिसरमा विहान साँढे ९ बजे हिरासतमा रहेका आरोपित व्यक्तिलाई भेट्न पुगेका थिए । लाहान घर भएका संगठनका ति पदाधिकारीले प्रहरी अधिकृत, सरकारी वकिललाई फोन गरी भेटेका थिए । संचार माध्यममा अलीको सक्रियतामा ति अभियुक्तलाई छुटाउन गरिएको प्रयास र गतिविधिको सूचना वाहिर दिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले प्रहरीका हाकिमलाई अहिले हप्काउन थालेका छन् ।

बत्तीसपुतलीस्थित अग्र्यानिक रेष्टुरेष्टमा एकजना डिएसपी, इन्स्पेक्टरसहित मुस्लिम संगठनका पदाधिकारी पुगेको तथ्य प्रहरी प्रधान कार्यालयको छानवीन टोलीले समेत पत्ता लगाएको छ । प्राविधिक विज्ञ अलीले सहन्यायाधीवक्तासँग पनि भेट गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयकै विज्ञ यस्ता काममा सक्रिय भएको घटना वाहिर आएको भोली पल्टै जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली भारुसहित केही व्यक्ति पक्राउ परेका छन ।

युनुस अन्सारी करोडौंको भारुसहित पक्राउ परेपछि पधानमन्त्री सचिवालयका अलीको गतिविधिमाथि ठूलो आशंका पैदा भएको छ । जनआस्थाका सहसम्पादक विश्वमणि सुवेदीले एक विज्ञप्ती जारी गर्दै अलीले प्रहरी अधिकृत र सरकारी वकिलसँग गरेको कुराकानी र उनले पठाएका मुश्लिम संघका पदाधिकारीको कल डिटेल्स व्यक्तिगत गोपनियताका कारण मात्र सार्वजनिक नगरिएको बताए ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७६ जेष्ठ १४, ०७: १५

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७६ जेष्ठ १४, ०७: १५

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७६ जेष्ठ १४, ०७: १५

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...