जयशंकरको नियुक्तिपछि दलका नेताहरुको निद हराम – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जयशंकरको नियुक्तिपछि दलका नेताहरुको निद हराम

काठमाडौं । भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) ले पूर्व विदेश सचिव एस जयशंकर विदेश मामिला मन्त्री बनाएपछि नेपालका राजनीतिक दलका केही नेताहरुको निद हराम हुने भएको छ । यो विषयलाई नेपालमा राजनीतिक दलहरुले चासो र महत्वका साथ हेर्न थालेका छन् ।

दोस्रो संविधान सभाले संविधान जारी गर्नुअघि २०७२ साल भदौ अन्तिम साता भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीका विशेषदूतको हैसियतमा काठमाण्डू आएका थिए । त्यसवेला उनले भारतीय सरकारको सन्देश सहित संविधान हतारमा जारी नगरी मिति सार्न सरकार र संविधानसभामा रहेका दलका नेतालाई आग्रह गरेका थिए ।

तर तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई अस्वीकार गरेको थियो र संविधान निर्धारित समयै जारी भएको थियो । जयशंकरले त्यसवेला तत्कालिन राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री शुशील कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनले असन्तुष्ट पक्षको माग समेतलाई सम्वोधन गरेपछि मात्र संविधान जारी गर्न माग गरेका थिए ।

उतिबेला आफ्नो आग्रहलाई अस्वीकार गरेको भन्दै रुष्ट बनेका थिए । विनाशकारी भूकम्पले मुलुकमा पु¥याएको क्षति, मधेशमा तराई केन्द्रित दलहरूको आन्दोलन जस्ता बिषयमा जगडिएको नेपालको राजनीतिक र बस्तुगत स्थिति बुझ्न आएका जयशंकर विदेशमन्त्री भएपछि तत्कालीन अवस्थामा नेपालका राजनीतिक दलका नेताहरुले जयशंकरप्रति आरोप–प्रत्यारोप लगाएका कारण जयशंकर विदेशमन्त्री बनेपछि नेपालका ती राजनीतिक दलका नेताहरुप्रति कस्तो व्यवहार गर्ने हुन् भन्ने खुलदुली परेको बताइएको छ ।

दोस्रो पाँचवर्षे कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले बिहीवार राजधानी नयाँ दिल्लीमा शपथ लिएपछि आफ्नो मन्त्रिमण्डलका सदस्यलाई शपथ दिलाउने क्रममा जयशंकरलाई विदेश मामिला मन्त्रीको सपथ गराएका थिए । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीलाई दिल्लीमा वधाइ दिंदै गर्दा नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर अहिले मन्त्री बनेकाले २ देश वीचको सम्बन्ध आगामी दिनमा कस्तो होला भन्ने स्वाभाविक जिज्ञासा आमरुपमा देखा परेको छ ।

राजनीतिक दलका नेतादेखि पूर्वप्रशासक र सर्वसाधारणसम्मले त्यसबारे सामाजिक सञ्जालमा चिन्ता र चासो व्यक्त गरिरहेका छन् । भारतका पूर्वविदेश सचिव जयशंकरलाई नेपालविरोधी व्यक्तिका रूपमा प्रस्तुत गर्नुको कुनै तुक नभएको कुटनीतिज्ञहरुको मत छ । भारत सरकारका विशेषदूतका रूपमा आफूलाई अह्राइएको काम लिएर नेपाल आएका जयशंकरलाई नेपालविरोधी व्यक्तिका रूपमा चित्रित गर्नुको अर्थ नहुने पत्रकार युवराज घिमिरेले टिप्पणी गरेका छन् ।
को हुन् एस जयशंकर ?

एस जयशंकरले आफ्ना बुवा सुब्रमण्यमबाट विरासतमा कूटनीतिक दक्षता पाएका व्यक्ति हुन उनको नाम भारतका प्रमुख रणनीतिक विश्लेषकहरूको अग्र पङ्क्तिमा आउँछ । मोदी नेतृत्वको सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर जयशंकरलाई नियुक्त गरेको थियो ।

जयशङ्करले राजनीतिशास्त्रमा एमफिल गरेका छन भने जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । परमाणु कूटनीतिमा उनको विशेषज्ञता रहेको मानिन्छ । विदेश सेवामा सन् १९७७ मा जयशङ्करको पहिलो नियुक्ति रुसस्थित भारतीय दूतावासमा भएको थियो । विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि भएका थिए ।

त्यसपछि उनले जापान र पछिल्लो समय उनी चीनका लागि पनि भारतीय राजदूत भए । चीनसँग सम्वादमार्फत डोकलाम गतिरोध अन्त्य गराउनमा जयशंकरको ठूलो भूमिका रहेको बताइन्छ । भारत–अमेरिका गैरसैनिक परमाणु सम्झौता बारेको वार्तामा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । यसैवर्ष उनी पद्मश्री सम्मानबाट पनि सम्मानित भए ।

मोदीसँग नजिक
मोदी नेतृत्वको मन्त्रिपरिषद्मा जयशङ्कर एक मात्र गैरराजनीतिक व्यक्ति हुन् । बाहिरका मान्छेहरूले सरकारमा जयशङ्करको प्रवेशलाई आश्चर्यका रूपमा लिए पनि उनी मोदीका नजिकका पूर्वप्रशासक हुन् । त्यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि विदेश सचिवका रूपमा सन २०१७ मै उनको कार्यकाल सकिने भए पनि त्यसलाई सन् २०१८ सम्म बढाइएको थियो ।

सन् २०१८ सम्ममा लगभग प्रत्येक विदेश भ्रमणमा उनी मोदीको भ्रमण दलमा हुन्थे । सन् २०१८ मा अवकाश पाएपछि एस जयशङ्करले टाटा समूहको विश्व कर्पोरेट मामिलाका अध्यक्षका रूपमा पनि काम गरेका थिए ।

मोदीको सरकारमा ४ पीएचडी मन्त्री
डा. जयशंकर बिदेश मन्त्री, पूर्व विदेश सचिव, डा महेन्द्रनाथ पाण्डे, डा. रमेश पोख¥याल र डा संजीव बालियान छन् । त्यस्तै, पूर्ब ब्युरोक्रेटबाट राजकुमार सिंह, पूर्वगृहसचिव, भिके सिंग, पूर्व आर्मी चिफ, हरदीप सिंग पुरी, पूर्व विदेशसचिव र सोम प्रकाश, पूर्व सचिव रहेका छन् ।

नेपाली भाषी सांसद
राजु बिष्ट, दार्जिलिङ, माला राज्यलक्ष्मी शाह, काठमाण्डौंमा जन्मिएर हाल टिहरी गढवालमा विवाह गरेकी, ईन्द्रहांग सुब्बा, सिक्किम, निर्मला वित्त मन्त्री र धर्मेन्द्र प्रधान नेपाली मूलका नेता हुन् ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ जेष्ठ २१, ०८: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ जेष्ठ २१, ०८: २०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७६ जेष्ठ २१, ०८: २०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...