
काठमाडौं । काठमाडौंमा हालै बसेको यातायात व्यवस्था विभाग बैठकले असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाउन लागेको यातायात व्यवस्था विभागले जनाएको छ । देशभरका सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्ने भएको छ ।
देशभरका सार्वजनिक यातायातमा असारदेखि लागू हुने गरी न्यूनतम ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको र मिटरमा चल्ने ट्याक्सीको हकमा पनि १२ प्रतिशत नै भाडा वृद्धि हुने भएको छ । विभागले ययसबारेमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले नै उक्त निष्कर्षमा पुगेको हो । यसअघि यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा बढाएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...