
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणसँग जोडिएका एसपीसहित तीन जनाविरुद्ध यातना अभियोगमा जाहेरी दर्ता गर्न पुगेका पीडितको जाहेरी कञ्चनपुर प्रहरीले लिन अस्वीकार गरेको छ ।
निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका विशाल चौधरीलाई यातना दिएको अभियोगमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले दिएको निर्देशन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लिन अस्वीकार गरेको होे ।
निर्मलाको हत्या लगत्तै पक्राउ परेर २२ दिनसम्म हिरासतमा राखिएका विशाल चौधरीको जाहेरीका आधारमा उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको थियो । पाँच प्रहरी अधिकृतविरुद्ध यातना अभियोगमा चौधरीले दिएको किटानी जाहेरी जिप्रका कञ्चनपुरले दर्ता गर्न नमानेपछि कञ्चनपुर जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरूद्ध यातना अभियोगमा किटानी जाहेरी दर्ता गरी अनुसन्धान थाल्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको थियो ।
शुक्रबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उजुरी दर्ता गरी अनुसन्धान थाल्न निर्देशन दिए पनि हदम्यादको प्रश्न उठाउँदै प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो । यातनाविरूद्ध उजुरी दिने ६ महिने हदम्याद शुक्रबार नै सकिएको थियो । हदम्याद सकिने अन्तिम दिन सरकारी वकिलले जाहेरी दर्ता गर्न निर्देशनसहितको पत्र पठाए पनि प्रहरीले भने १५ मिनेट ढिला भएको भन्दै जाहेरी दर्ता गर्न नमानेको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी ज्ञानबहादुर विष्टका अनुसार हदम्यादभन्दा १५ मिनेट ढिला जाहेरीको पत्र आएका कारण जाहेरी दर्ता हुन नसकेको बताएका छन् । जाहेरी दिने चौधरी शुक्रबार ३ बजेर १५ मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । चौधरीले दिएको उजुरी विहीबार प्रहरीले लिन नमानेपछि उनी जिल्ला सरकारी वकिलको कार्यालयमा गुनासो लिएर गएका थिए ।
उनले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज विष्टको ठाउँमा सरुवा भएर गएका प्रहरी उपरिक्षक कुँवेर कठायत, प्रहरी नायव उपरिक्षक कृष्ण ओझा र प्रहरी प्रधान कार्यालयबाट नर्मला हत्या अनुसन्धानका लागि खटाइएका प्रहरी उपरिक्षक दुर्गा सिंहविरूद्ध हिरासतमा यातना दिएको व्यहोरा लिएर चौधरीले जाहेरी दिन खोजेका थिए ।
प्रहरी उपरिक्षक कठायत र नायव उपरिक्षक ओझा हाल प्रहरी प्रधान कार्यालयमा छन भने एसपी दुर्गा सिंह ललितपुर प्रहरी परिसरमा कार्यरत छिन् । चौधरीलाई निर्मलाको बलात्कार र हत्या अभियोगको सिलसिलामा पक्राउ परी २२ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धानको नाममा शारिरीक र मानसिक यातना दिएका थिए । गत बर्ष ११ साउनमा निर्मलाको बलात्कार पछि हत्या गरिएको थियो ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...