परराष्ट्र नीतिमाथि ‘राष्ट्रिय संवाद’ विषयमा छलफल हुँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

परराष्ट्र नीतिमाथि ‘राष्ट्रिय संवाद’ विषयमा छलफल हुँदै

काठमाडौं । सरकारले परराष्ट्र नीतिका सम्बन्धमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा देशभित्र साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले आयोजना गर्न लागिएको राष्ट्रिय संवाद (भोली) अर्थात् शनिबारका हुने भएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले आयोजना गर्न लागेको उक्त कार्यक्रम काठमाडौँको नागपोखरी, नक्सालस्थित काठमाडौँ म्यारियट होटलमा शनिबार बिहान ९ बजे उद्घाटन हुने भएको छ ।

नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी हुनेछन् । उक्त संवादको उद्घाटन सत्र १ घन्टा चल्नेछ । उक्त सत्रलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गर्नेछन् ।

मुख्यतया ४ वटा विषयमा छलफल हुनेछ । प्रतिष्ठानका सूचना अधिकारी सानुराज पुरीका अनुसार कार्यक्रममा ुपरिवर्तित भू–राजनीतिः छिमेकी र मुख्य शक्ति राष्ट्र, आर्थिक कूटनीतिः अभिमुखीकरण र प्राथमिकता, बहुपक्षवादको रक्षा तथा क्षेत्रीय सहयोगको प्रवद्र्धन र जलवायु परिवर्तन तथा श्रमिक प्रवासन गरी ४ विषयमा अन्तरक्रिया हुने स्रातले जनाएको छ ।

दुई सत्रमा परराष्ट्रमन्त्री ज्ञवाली, १ सत्रमा अर्थमन्त्री युवराज खतिवडा र अर्काे १ सत्रमा पूर्वपरराष्ट्र मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादवलगायतको प्रस्तुति हुने भएको छ ।

रक्षासम्बन्धी सत्रमा रक्षा मामिलाका जानकार, नेपाली सेनाका पूर्व र वर्तमान जर्नेलहरुले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली पाहुना मात्रै बोलाइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब २ सयभन्दा बढी विज्ञबीच छलफलले निकालेको निचोड सरकारलाई बुझाइने स्रोतले जानकारी दिएको छ । उक्त संवादले संविधानको मर्म एवं भावनाअनुरूप अहिलेको विश्व परिवेसलाई सुहाउँदो परराष्ट्र नीति निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ असार १३, ११: ३५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ असार १३, ११: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ असार १३, ११: ३५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...