जिल्ला बारमा नेकपा पत्तासाफ, सबै पदमा डेमोक्र्याट – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

जिल्ला बारमा नेकपा पत्तासाफ, सबै पदमा डेमोक्र्याट

काठमाडौं । कानुन व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसन अन्तरगतको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको चुनावमा लोकतन्त्रबादी कानून व्यवसायीहरुले बर्चश्व कायम गरेका छन् ।

असार १४ गते भएको निर्वाचनमा जगदीश घिमिरेको प्यानलले कम्युनिष्ट कानुन व्यवसायीहरुको प्यानललाई आठदेखि एक हजार मत अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो । घिमिरेले एक हजार तीन मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी कुमार प्रसाद आचार्यले एक सय १० मत ल्याएका थिए ।

काठमाडौ जिल्ला बारको उपाध्यक्षमा सुवोध बाबु चिलुवाल, सचिवमा दमनबहादुर चन्द र कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित भएका छन् । त्यस्तै, अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजकुमार अधिकारी, जयबहादुर भुजेल, विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, बीरेन्द्र पाठक, बासुदेव रिजाल, डा. शिवकुमार यादव र दीपेन्द्र अधिकारी सदस्यमा निर्वाचित भएका छन् । अन्जना अर्याल लगायतले सर्बसम्मतले जिल्ला बारको सदस्यमा निर्वाचित भएकी थिइन ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ असार १५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ असार १५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ असार १५, ११: ५६

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...