मुलुकको व्यापार घाटा ११ महिनामै १२ खर्ब नाघ्यो – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मुलुकको व्यापार घाटा ११ महिनामै १२ खर्ब नाघ्यो

काठमाडौ । केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारले समेत मुलुकले बेहोर्र्दै आएको वैदेशिक व्यापार घाटा झन बढेको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापार घाटा १२ खर्ब नाँघेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा देशले १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापारमा मुलुकले करिब ८७ अर्ब ८३ करोड ४९लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७.५० प्रतिशतले बढेको छ ।

कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६.३ प्रतिशत निर्यात भएको देखिएको छ । भारतसँग मात्र ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा भएको छ । चालु आवको पहिलो ११ महिनामा भारतबाट मात्र ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपैयाँको आयात भएको छ ।

गत वर्ष सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी हेर्दा भारतसँगको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ नाँघेको छ । गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ बराबर मात्रै थियो ।

त्यस्तै नेपालको दोस्रो ठुलो वैदेशिक व्यापार साझेदार चीनसँग कुल व्यापार घाटाको १५ दशममलव २३ प्रतिशत रहेको छ । चीनसँग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपैयाँ बराबर रहेको देखिन्छ ।

चालु आवको ११ महिनामा संयुक्त अरब इमिरेट्स नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ । गतवर्ष तेश्रो स्थानमा भियतनाम थियो । संयुक्त अरब इमिरेट्सबाट ३२ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको आयात र ३१ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात हुँदा कुल ३१ अर्ब ९६ करोड ३६ रुपैयाँ बराबर व्यापार घाटा देखिन्छ ।

आयातमा वीरगञ्ज र निर्यातमा विराटनगर ठूलो नाका
मुलुकको सबैभन्दा ठुलो व्यापारीक नाका विरगञ्ज आयात गर्ने सूचीमा पहिलो स्थानमा देखिएको छ । वीरगञ्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ७७ प्रतिशत आयात र २२ दशमलव ०५ प्रतिशत निर्यात भएको छ । यो नाकाबाट ४ खर्ब ५१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ३६ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

निर्यातमा भने विराटनगर सबैभन्दा ठूलो नाकाका रुपमा देखिएको छ । कुल निर्यातको २९ दशमलव ५२ प्रतिशत अर्थात २५ अर्ब ९३ करोड १५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु यस नाकाबाट निर्यात भएको छ ।

विराटनगर नाका आयात गर्ने तेश्रो ठूलो नाका हो । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमास्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट १ खर्ब ४२ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात र २१ अर्ब ६४ करोड २४ लाख बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आयात गर्ने चौथो ठुलो भन्सार कार्यालय हो भने निर्यातमा दोस्रो ठुलो भन्सार कार्यालयका रुपमा देखिएको छ ।
८ वटा भन्सार कार्यालयबाट भने निर्यात शून्य देखिएको छ ।

यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु मुख्य रहेकाछन्। त्यस्तै हस्तकलाका सामान चाउचाऊ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ ।

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७६ असार १६, ०६: १९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७६ असार १६, ०६: १९

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७६ असार १६, ०६: १९

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...