सांसदहरुद्वारा सरकारलाई ध्यानाकर्षण – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सांसदहरुद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । सरकारले केही दिन अगाडि भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो । प्रतिनिधिसभाको बैठकमा विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ ।

बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलफूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए । सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको उल्लेख गरेका छन् ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलफूल तथा तरकारीको आयात रोक्न आग्रह गरेका छन् । यसैगरी सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गरेकी छिन् ।

सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुनेगरी बाटोघाटोको निर्माण कार्य रोक्नुपर्ने, कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमिकरण बन्दै गएको, उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको, कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको, खेमप्रसाद लोहनीले सीतापाइला धार्के सडकको तत्काल निर्माण गर्न समेत सरकारलाई ध्यान केन्द्रीत गरेका थिए ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७६ असार २२, १०: २२

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७६ असार २२, १०: २२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७६ असार २२, १०: २२

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...