हुस्सु सरकारको अपरिपक्व निर्णयको सबै क्षेत्रबाट आपत्ति – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

हुस्सु सरकारको अपरिपक्व निर्णयको सबै क्षेत्रबाट आपत्ति

काठमाडौं । आवश्यक तथा दक्ष कर्मचारी, उपयुुक्त र पर्याप्त उपकरण बिना नै हतारमा र अज्ञानका साथ सरकारले मित्र राष्ट्र भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने र केही सातापछि नै फिर्ता गर्ने सरकारको निर्णयको सर्बत्र आलोचना र विरोध भएको छ ।

सरकारले के कारण, उदेश्यले तरकारी तथा फलफूलको बिषादी परिक्षण कार्य शुरु गर्यो र के कारणले त्यो फिर्ता लिनु पर्यो भन्ने पर्याप्त र चित्तबुझ्दो कारण सरकारले स्पस्ट नपार्दा आम उपभोक्तामा भ्रम छर्ने काम भएको छ ।

सरकारको निर्देशनमा भारतको सुनौलीहुँदै भैरहवा नाकाबाट नेपाल भित्रने तरकारी र फलफूलमा विसादी छ वा छैन भनेर सरकारले परिक्षण गर्ने नाममा हरेक मालवाहक सवारीबाट नमुना संकलन गरी परिक्षणको लागि काठमाडौं पठाउने गरेको थियो । एउटा सवारी साधनको नमुना परिक्षणकाले लागि छिटोमा तीन दिन लाग्ने भएपछि व्यापारीहरु मर्कामा परेका थिए ।

व्यापारी मात्र होइन, राजधानीवासी पनि मर्कामा परेका थिए । भारतबाट आउने तरकारीमा नियन्त्रण गरेपछि कालिमाटी तरकारी तथा फलफूल थोक बजारमा समेत तरकारी र फलफुलको अभाव भएको थियो भने उपत्यकामा तरकारीको भाउ अकासिएको थियो । करिव दुई सातासम्म सुनौली नाकामा गरिएको बिषादी परिक्षणको क्रममा कति मात्रामा बिसादी पाइयो वा पाइएन भनेर सरकारले स्पस्ट पारेको छैन ।

त्यसबाट के कति उपलब्धी भयो त्यो पनि प्रष्ट पार्न सकेको छैन । तर भारत सरकारको अनुरोध र भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि तरकारी र फलफूलमा भएको बिषादीको परिक्षण तत्कालको लागि बन्द गरिएको भनेर सरकारले दुई देशबीचको सम्वन्धमा समेत दरार पैदा गरेको छ ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेपछि सरकारले भारतबाट आएका सबै फलफूल र तरकारीमा बिषादी हुनसक्ने आशंकालाई न्युनिकरण नगरी अघि बढेपछि यसको सर्बत्त निन्दा भएको छ । नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको भनेर सरकारबाटै प्रचार गराइयो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।

भारतबाट आउने तरकारीको बिषादी परिक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको बिषयलाई लिएर सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले समेत बिरोध जनाए । उनले पर्याप्त जनशक्ति र उपकरणको व्यवस्थापन नै नगरी चेकजाँचको नाममा नाकामा तरकारीका सवारी साधनलाई उभ्याउनु र फेरि त्यो निर्णय फिर्ता लिनु रहस्यमय भएको जनाएका छन् ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि सरकारले भारतबाट बिषादी मिसिएको भन्दै प्रचार गरेर परिक्षण गर्नु र फेरि अब परिक्षण नगरी त्यस्ता तरकारी र फलफुल भित्र्याउन दिनुले जनताको स्वास्थ्यसँग गम्भिर खेलवाड भएको बताए । अर्का नेता भिम रावलले समेत सरकारको सो निर्णयको खुलेर बिरोध गरे । सरकारले गरेका हरेक निर्णय र नीति असफल र विबादित हुनुका पछि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली नै दोषी रहेको बताएका छन् ।

उनले नेपालको संविधान जारी भएपछि भारतको विरोध गरेर राष्ट्रबादीको हल्ला र चर्चा बटुल्ने प्रधानमन्त्री ओलीको पछिल्लो क्रियाकलाप भारतपरस्त भएको हो कि भनेर आशंका व्यक्त गरे ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७६ असार २३, ०७: २७

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७६ असार २३, ०७: २७

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७६ असार २३, ०७: २७

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...