कांग्रेसप्रति खनिने ओलीले बाबुरामलाई पनि छोडेनन् – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कांग्रेसप्रति खनिने ओलीले बाबुरामलाई पनि छोडेनन्

काठमाडौं । स्वभावैले प्रधानमन्त्री केपी शर्मा ओली वाकपटुता र वाकक्षमता भएका नेतामा पर्छन । उनले पूर्ववर्ती सरकारको नेतृत्व गरीसकेका डा. बाबुराम भट्टराई समेत डिग्रीको फुईं नलगाउन चेतावनी दिए । आफ्नो भाषणमा उखान टुक्का मात्र हैन अरुलाई ब्यङ्ग्य गर्न माहिर मानिने ओलीले समाजवादी पार्र्टीको अध्यक्ष समेत रहेका भट्टराईदेखि कांग्रेसका नेता शेरबहादुर देउवासम्मलाई बढी कटाक्ष गर्न मन पराउन थालेका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेकी कल्पना धमला लगायतलाई स्वागत गर्ने औपचारिक कार्यक्रममा उनै भट्टराईलाई डिग्रीले क्रान्ति नहुने बताए ।
‘डिग्रीले क्रान्ति हुँदैन । क्रान्ति निष्ठाले गर्ने हो । सम्हालिएर डिग्रीको सदुपयोग गरियो भने राम्रो । नेपालमा पिचडी गरेका धेरै छन् । तर पिएचडी गर्ने एक जना मात्र जस्तो किन गरिन्छ” ओलीले भने ।

प्रधानमन्त्री ओली आफैले तीनवटा मानार्थ पिएचडी लिइसकेको तर्फ संकेत गरेका थिए । पहिले नै प्रचण्डले आफ्ना गुरु मानेका मोहन वैद्य पार्टीमा आउन छोडेर आलिको डिलमा बसेर नहेर्न आग्रह गरे । उनल बाबुरामसहित सबै समाजवादी पार्टी नै नेकपामा आएपनि अटाउने जनाए ।

ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको भनेर कांग्रेसप्रति लक्षित गर्दै बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि ।” भनेर सान्त्वना दिए ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७६ असार २५, १०: २७

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७६ असार २५, १०: २७

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७६ असार २५, १०: २७

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...