पत्रकार फकाउने जिम्मा नेम्वाङलाई किन दिइयो ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पत्रकार फकाउने जिम्मा नेम्वाङलाई किन दिइयो ?

काठमाडौं । सरकारले संसदमा ल्याएका विधेयकहरु एकपछि अर्को गर्दै बिबादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथिको बिरोध र दबाबलाई समन गर्न पूर्वसभामुख तथा नेकपाको संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई अघि सारेका छन् ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्वन्धी विधेयक पूर्ण प्रेस स्वतन्त्रताको बिरुद्ध, संविधानको मर्म, भावना र प्रावधान विपरित, स्वतन्त्र पत्रकारिताको मूलभूत मान्यता विपरित भएको भन्दै सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीको निर्देशनमा पूर्वसभामुख तथा संसदीय दलका उपनेता नेम्वाङले पत्रकारलाई फकाउन लागेका हुन् ।

शुक्रबार मात्र नेम्वाङले नेपाल पत्रकार महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको टोलीलाई सिंहदरबारमा भेटेर आन्दोलन गर्न, सरकारको बिरोध नगर्न र सुझाव तथा सल्लाहअनुसार अघि बढ्न फकाएका छन् ।

पत्रकारलाई फकाउन सिपालु नेम्वाङलाई प्रधानमन्त्री ओलीकै निर्देशनमा फकाउन लागिएको बालुवाटार स्रोतले बतायो । उनले पत्रकार महासंघको टोलीलाई मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने आश्वास दिँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।

उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वास दिलाउने कोशिष गरे । तर उनले विधेयकको कुन कुन प्रावधान हटाएर वा संशोधन गरेर पत्रकारको हितमा विधेयक बनाइन्छ भन्ने बिषयमा केही पनि प्रस्ट नपारेको उपाध्यक्ष विपुल पोखरेलले बताए ।
‘विधेयक संशोधन गरेर पत्रकारको हित अनुकुल हुने गरी बनाउने जिम्मा मेरो भयो ।

त्यस कारकाण आन्दोलन फिर्ता लिनुहो’ नेम्वाङको भनाई उधृत गर्दै पोखरेलले भने ‘विधेयकको विरोधमा जुन आन्दोलन भइरहेको त्यसको बुझाइमा पनि फरक छ । दुबै पक्ष बसेर हल गरौं ।” विधेयकलाई कसरी पत्रकारको हित अनुकूल बनाउन सकिन्छ भनेर पार्टीले आफूलाई नै जिम्मेवारी दिएको उनको दाबी थियो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा छ । महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत असार २५ गते देशभरी लालटिन जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको छ ।

लीकै निर्देशनमा फकाउन लागिएको बालुवाटार स्रोतले बतायो । उनले पत्रकार महासंघको टोलीलाई मिडिया काउन्लिस सम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउने आश्वास दिँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वास दिलाउने कोशिष गरे । तर उनले विधेयकको कुन कुन प्रावधान हटाएर वा संशोधन गरेर पत्रकारको हितमा विधेयक बनाइन्छ भन्ने बिषयमा केही पनि प्रस्ट नपारेको उपाध्यक्ष विपुल पोखरेलले बताए ।

‘विधेयक संशोधन गरेर पत्रकारको हित अनुकुल हुने गरी बनाउने जिम्मा मेरो भयो । त्यस कारकाण आन्दोलन फिर्ता लिनुहो’ नेम्वाङको भनाई उधृत गर्दै पोखरेलले भने ‘विधेयकको विरोधमा जुन आन्दोलन भइरहेको त्यसको बुझाइमा पनि फरक छ । दुबै पक्ष बसेर हल गरौं ।” विधेयकलाई कसरी पत्रकारको हित अनुकूल बनाउन सकिन्छ भनेर पार्टीले आफूलाई नै जिम्मेवारी दिएको उनको दाबी थियो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा छ । महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत असार २५ गते देशभरी लालटिन जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ असार २५, १०: २९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ असार २५, १०: २९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ असार २५, १०: २९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...