
काठमाडौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।
भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।
काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले परराष्ट्र मन्त्रालयले पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी गराएको पनि स्पष्ट पारे । भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम नरोकिएको बताएका छन् ।
यसैगरी हाल मलको अभाव नभएको तथा मनसुन सुरु भैइसकेकाले धान रोपाईमा केही समस्या नहुने बताउँदै यो वर्ष मनसुन ढिलाई भएकाले गएको वर्षको तुलनामा धान रोपाई हुन नसकेको मन्त्री खनालको भनाई रहेको थियो ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...