
काठमाडौं । बाढी र पहिरोका साथै डुवानमा परी आइतबारसम्म ४३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै देखिको अविरलन वर्षाका कारण जनधनको ठूलो क्षति भएको हो । प्रहरीका अनुसार बाढी पहिरोमा २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेहरूमा ललितपुर र भोजपुरमा पाँच÷पाँच जना रहेका छन ।
यस्तै, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन÷तीन जना रहेका छन भने धादिङ, झापा, सिन्धुलीमा दुई÷दुई जना रहेका छन । मृत्यु हुनेमा पाल्पा, पर्षा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिरहा, धनुषा, चितवन र डोल्पाका एक÷एक जना रहेका छन । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन ।
बाढी पहिरोमा फसेकाहरूमध्ये एक हजार एक सय चार जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएकाहरूमा महोत्तरीका पाँच सय, रौतहटमा दुई सय, काठमाडौंमा १ सय ८५, सर्लाहीमा एक सय, सिन्धुलीमा ७०, सप्तरीमा २५, उदयपुरमा १०, ललितपुरमा ८, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एकरएक जना रहेको प्रहरीले जनाएको छ । प्रभावित स्थानहरुमा २७,८३० प्रहरी कर्मचारी परिचालित गरिएको छ ।
बाढी पहिरोमा परेर मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका छन् । त्यस्तै, सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना वेपत्ता भएका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन ।
विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई शुक्रबार साँझ ७ बजे बाट सुचारु गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।
रौतहटको सिमाना भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । अब बाँध फुटेपछि बाढी भारतीय बस्तीमा बाढी पसेकाले बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ । सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती अझै डुबानमा परेका छन् । सरकारी कार्यालयका कर्मचारीलाई सुरक्षाकर्मीले उद्धार गर्नु परेको थियो ।
हेटौंडादेखि भीमफेदीहुंदै कुलेखानीसम्म र त्रिभुवन राजपथका विभिन्न भागमा गएको पहिरोले राजमार्गमा अबरोध भएको थियो । प्रहरी र सडक विभागको प्रयासले सडक खुलेको छ । त्यस्तै, महेन्द्र राजमार्गको बर्दीवास नजिक भाप्सी पुलको एउटा स्पान बगाएकोले शनिबार दिनभर यातायात अबरुध्द भएको थियो । शनिबार रातभरीमा सेनाको प्राविधिक टोलीले त्यहाँ बेलीब्रिज बनाउको छ । खहरे खोला भएकोले पानी पर्न रोकिने बित्तिकै खोलामा डाइभर्सन बनाई यातायात चालु सडक विभागको योजना थियो । तर पानीको बहाव घट्ने छाँट नदेखिएपछि बेलीब्रिज जडान गरिएको हो ।
सडक विभागका अनुसार पहिरो र कटानका कारण, ढुंगा खस्न सक्ने हुँदा बिहान ५ बजेदेखि मात्र यात्रा गर्न यात्रु र सर्वसाधरणलाई आग्रह गरिएको छ । बाडीले त्रिभुवन राजपथको बागझोरा र सिमभन्ज्यांगमा बाटोमा क्षति पुर्याएको थियो । अहिले आंसिक रुपमा सो बाटो संचालनमा आएको छ । त्यस्तै, बिपी राजमार्गको नेपालटार खुर्कोट सडक खण्डमा पहिरो गएको छ भने दाप्चामा लेदो माटोले अबरोध पुर्याएको थियो ।
यता मध्य पहाडी पुष्पलाल राजमार्गको खुर्र्कोट घुर्मी सडक खण्ड, हेटौंडा कुलेखानी काठमाडौं सडकको देउरालीबाट कुलेखानी सडक खण्डमा पहिरो गएको छ । वेनीबाट जोमसोम सडकको काभ्रे भीरमा कालिगण्डकी नदिको कटानबाट सकड पूर्णरुपमा अबरुद्ध भएको छ । ओखलढुंगा सडकको हर्कपुरमा, कान्तिराजपथमा, वेशीसहरबाट चामे सडकमा पहिरो गएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।
सडक विभागका महानिर्देशक केशव कुमार शर्माले सार्वजनिक सम्पत्ति सबैको हो र सबैले यसलाई जगेर्ना गर्नु पर्छ भन्ने संस्कारको विकास नहुँदा राजमार्ग अतिक्रमण, नदि खोलाबाट अत्यधिक ढुंगा, गिटी वालुवाको दोहनले सार्वजनिक सडकहरु कमजोर र जीर्ण हुँदा बर्षयाममा पहिरो र सडकमा क्षति हुने गरेको बताउका छन् ।
उनले सबै राजमार्गहरु लगायतका सडकहरू सुधार गर्ने प्रयास भइरहे पनि दैनिक दशौं हजार सवारी चल्ने पृथ्वी राजमार्गमा भएको यस्तो अतिक्रमणले निराशा पैदा हुने बताएका छन् । शर्माले स्थानीयल जथाभावी घडेरी खारेर, व्यवसायीले जथाभावी वालुवा निकालेर अनि स्थानीय सरकारले जथाभावी सहायक सडक खोलेर राजमार्गलाई जिर्ण बनाएको बताएका छन् ।
प्रभावकारी कानूनी र संरचनागत व्यवस्थाको अभावमा यस्ता कामको नियन्त्रणमा सडक विभाग निरीह बन्नु परेको उनको गुनासो छ । नेपाल विपत उन्मुख मुलुक हो, विश्वमा नेपाल विपतको अग्रणी स्थानमा आउँछ । बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औं, जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथो, भूकम्पीय जोखिमका दृष्टिले ११ औं र बहुप्रकोपीय विपद् जोखिमका दृष्टिले २० औं स्थानमा रहेको छ ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...