
काठमाडौं । सप्तकोशी नदीको ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार राति १० बजेदेखि आइतबार बिहानसम्म सबै ५६ वटै ढोका खोल्नु परेको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कोशी व्यारेजका कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक ईश्वर दाहालले जानकारी दिए । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए ।
नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार तीन लाख ६६ हजार क्यूसेक पानी बगिरहेको थियो । कोशी बराज क्षेत्रको ढोका खोल्ने वा नखोल्ने सम्पूर्ण अधिकार भारतीय पक्षमा भएकोले शनिबार दिउँसो कोशी व्यारेज पुगेका प्रदेश नम्वर १ का कानून तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्की आवश्यक जानकारी लिएर फर्किएका थिए ।
पानीको सतह बढेर तीन लाख ६६ हजारमाथि गएपछि शनबिार राति १० बजे कोशीका ५२ वटै ढोका खोलिएका थिए । कोशीमा ५६ वटा ढोका छन् । तीमध्ये दुई वटा ढोका बिग्रिएका छन् । कोशी व्यारेजका भारतीय प्राविधिक कर्मचारीरले राति सबै ५६ वटै ढोका खोलिएको भने पनि दुई वटा ढोका विग्रिएका कारण खोलिएको थिएन् । शनिबार राति खोलिएका ५२ वटा ढोकामा पूर्वी र पश्चिमी किनारका ढोका खोलिएको थिएन ।
खोलिएको भनिएका १२ वटा ढोकामध्ये कतिको २ फिटदेखि केही २२ फिटसम्म मात्र खोलिएको थियो । २०२५ सालमा निर्माण भएको कोशी पुलको आयु गत बर्ष नै समाप्त भइसकेको छ । कोशी पुलको आयु ५० बर्षको थियो । यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ ।
एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरिएको छ ।
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...