
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला चढेको गाडी शुक्रबार दिउँसो टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ । त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा कोइरालाको बा १७ च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।
पार्टी केन्द्रीय कार्यालय जाँदा सधै त्यही बाटो प्रयोग गर्ने गरेका कोइरालालाई त्यो दिन पनि चालकले पुलमुनीबाटै लगे तर बीचमा पुगेपछि गाडी झण्डै डुब्यो र स्टार्ट बन्द भएको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । गाडीसँगै टेकु दोभानबाट सानेपाजाने मुल मुनी गाडीसँग डुबेका महामन्त्री कोइरालालाई स्थानीय ग्यारेजका कर्मचारी र स्थानीयले उद्धार गरेका थिए ।
गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर डुब्नबाट बचेका थिए । घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका थिए । कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ । दुई बर्षअघि निमोनियाका कारण गम्भिर भएका कोइरालाको उपचारपछि स्वास्थ्यमा सन्तुलन आएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...