इन्जिनियरहरुलाई पाता कस्दै अख्तियार ! – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

इन्जिनियरहरुलाई पाता कस्दै अख्तियार !

काठमाडौँ । अख्तिायर दुरूपयोग अनुसन्धान आयोग यतिवेला निकै सक्रिय हुन थालेको छ । उसले हरेक दिन जसो ५ हजारदेखि १५ लाखसम्मको घुस रकमसहित कर्मचारीलाई पाता फर्काउन थालेको छ ।

अख्तियारले पाँच हजार रुपैयाँ घुस खाने प्रहरी सुरक्षाकर्मी मात्र होइन, १५ लाख रुपैयाँसम्म घुस खाने कर्मचारीलाई दिनहुँ रंगेहातसहित पक्राउ गर्न थालेको छ ।

अनुसन्धान र तहकिकातको आधारमा भन्दा सुराकी र सूचनाको आधारमा रंगेहात पक्राउ गर्ने अभियानलाई अख्तियारले निरन्तरता दिएको छ ।

अहिले सरकारले ठूला माछा अर्थात धेरुे घुस खाने, मुलुकको सम्पति हिनामिना गर्ने र राज्यलाई कर नतिर्नेमाथि भने अनुसन्धान तुलनात्मक रुपमा कम गर्ने गरेको छ । पछिल्लो उदहारण हेर्ने हो भने इञ्जिनियरहरु यतिवेला दिनैपच्छिे जस्तो रंगेहात पक्राउ पर्न थालेका छन् । आर्थिक मसान्तको अन्त्यमा ठेक्का पट्टाको प्राविधिक रुपमा योजना पास गराउँदा इञ्जिनियरहरुले अग्रिम रकम लिने गरेका छन् ।

अख्तियारले शुक्रबार मात्र भक्तपुरको जगातीबाट दोलखाका तीन इञ्जिनीयरलाई १४ लाख ६८ हजार रूपैयाँ घुससहित तीनजालाई पक्राउ गरेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह उक्त घुससहित पक्राउ परेका हुन् । उनीहरुसँगै सवारी चालक सुमन खड्का पनि पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार असार मसान्तमा काम सकेर घुस रकमसहित काठमाडौँ आउँदै गरेको सूचनाका आधारमा उनीहरुलाई शुक्रबार साँझ अधिकारी र शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

अख्तियारको टोलीले सिँचाइ प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैयाँ घुसको रकम बरामद गरेको छ । इञ्जिनियर साहको साथबाट एक लाख ३० हजार रुपैयाँ घुसको रकम बरामद भएको छ ।

तीन इन्जिनियर पक्राउ परेको भोलीपल्ट शनिबार बर्दियाबाट तीनजना इन्जिनियर घुससहित समातिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार शनिबार दिउँसो तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा पक्राउ परेका हुन् ।

कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको हो । तीनैजनालाई बर्दियाको गेरुवा गाउँपालिकाबाट सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७६ श्रावण ६, ०९: १९

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७६ श्रावण ६, ०९: १९

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७६ श्रावण ६, ०९: १९

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...