ओली झुक्याउन भरतपुरमा पानी जहाजको नयाँ फण्डा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

ओली झुक्याउन भरतपुरमा पानी जहाजको नयाँ फण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउने नाममा चितवनमा ठूलो आकारको स्टिमर अर्थात जलयानलाई पानी जहाजको संज्ञा दिँदै छद्म र असम्भव योजना सुनाएर प्रचार गरिएको छ ।

नेपालकै पहिलो पानी जहाज रिभर क्रुजशिप राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुर महानगरपालिका १६ काभ्रेघाटमा निर्माण गरिरहेको भनेर सपना वाँड्न थालेका छन् ।

प्रधानमन्त्री हुनु अघिदेखि नै तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफ्नै पानीजहाज हुने, नेपालका नदीहरुमा पानीजहाज संचालन गरिने भन्दै योजना सुनाएका थिए । उनको योजना उनकै पार्टीको चुनावी घोषणा पत्रमा पनि समेटियो । चुनावपछि दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाएरै देखाउने भाषण मात्र गरेरनन लिखित दस्तावेज पनि तयार गरे ।

तर, नमच्चिने पिङको सय झड्का भने झैं संसदमा सांसदको जवाफ दिँदा होस वा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिमा समेत पानीजहाजका प्रतिवद्धता दोहोरिए । यतिसम्म कि प्रधानमन्त्रीले २०७५ सालको बजेट अधिवेशनको बेला आगामी हिउँद अर्थात २०७५ पुस महिनामै पानीजहाजको टिकट काट्न तयार हुनु भनी सदनमा पनि बोले । तर उनको यो बोलीमा कुनै सत्यता रहेनछ भन्ने कुरा दुई बर्षपछि प्रमाणित जस्तै भएको छ ।

प्रधानमन्त्री भएको डेढ बर्षमा पानी जहाजको लागि कानून र प्रक्रियाको थालनी त परै जाओस, निर्देशीका समेत जारी गर्न सकेको छैन् । एकान्तकुनास्थित चक्रपथ बिस्तार आयोजनाको कार्यालयमा पानीजहाजको बोर्ड झुण्ड्याएर प्रधानमन्त्री ओलीले गत फागुनमा उद्घाटन पनि गरे । तर, पानी जहाजको सपना न कानूनमा न सम्भाव्य अध्ययनमै रहयो ? यो त केवल प्रधानमन्त्रीको योजनामा मात्र सिमित भयो ।

योजना पनि अदूरदृष्टि रहेको स्वयं पानीजहाज कार्यालयकै कर्मचारी बताउँछन् । उनीहरुको अनुसार पानी जहाज हो कि जलयान चलाउने त्यो स्पष्ट छैन् । नेपालको नदी नालामा चलाउने कि नेपाल भारत सीमा वारपार गनेृ पानीजहाज चलाउने, नेपालको पानीजहाज विदेशको नदी वा समुद्रमा चलाउने भन्ने केही पनि स्पस्ट छैन । तर नेकपाका केही नेता र प्रधानमन्त्री ओलीका केही अनुयायी नेताहरुले भने आ आफ्नै तरिकाले काल्पनिक व्याख्या र कथा सुनाउने गरेका छन् ।

तर पानीजहाज कार्यालयका कर्मचारीहरु भन्छन्, हाल कोशीको चतरामा संचालित जलयानलाई दर्ता गर्ने बैधानिक अधिकारसमेत नपाएको पानी जहाज कार्यालय नाम मात्रको छ ।

बरु कोशी र गण्डाकीमा हाल संचालित मोटर बोट, स्टिमर वा अन्य जलयानको दर्ता कहाँ गर्ने भन्ने बिषयमा समेत सकारको दृष्टिकोण स्पस्ट छैन् । केहीले नेपालको पानीजहाज प्रशान्त महासागरमा चलाउने भनेका छन भने केहीले कोशी, गण्डकी र कर्णाली नदीमा पानी जहाज चलाउनो भनेका छन् ।

कतिपयले कोशीमा बाँध बाधेर पानी जहाज चलाउने भनेर आ आफ्नै मनगढन्ते किस्सा सुनाउने गरेका छन् । भारत सरकारले त भारतका ठूला नदिहरुमा पानीजहाज संचालन गर्न नसकिरहेको अवस्थामा के नेपालमा पानीजहाज संचालन सजिलो होला र ?

नेपालका नदीनालामा सबै स्थानमा ¥याफ्टिङ त संचालन हुन नसकेको अवस्थामा भरतपुरमा पत्रकार सम्मेलन गरी एक कम्पनिले निर्माणका प्रक्रिया, तयारी, लागतलगायत विभिन्न विषयमा जानकारी गराएर फेरि अर्को फण्डा मच्चाउने गरेको छ । क्रुजशिप करिव ३५ करोड लगानीमा निर्माण सम्पन्न हुने प्रालिका प्रबन्धक निर्देशक रामचन्द्र कंडेलले जानकारी दिए पनि त्यो लगानी कसले र कहाँबाट जेटाउने भन्ने स्पस्ट छैन ।

क्रुजशिप अबको २ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ भने एकपटकमा दुई सय जनालाई सेवा दिन सकिने दाबी गरिएको छ । काभ्रेघाटबाट सुरु भइ देवघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालन तयारी भएको जनाईको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउने लक्ष्य लिएको नाममा पर्यटन बोर्डबाट आर्थिक सहयोग लिने ध्येय प्रालिले राखेको चितवनका स्थानीय पत्रकारहरु बताउँछन् ।

पानीजहाज कार्यालयले जलयान दर्ता सम्वन्धी कुनै मापदण्ड वा निर्देशिका नै बनाउन नसकेको अवस्थामा प्रालिले पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमोजिम संचालन अनुमती लिएको दाबी गरिएको छ । ३५ करोडको लगानी भनिए पनि त्यति सानो संरचनामा ३५ करोड के के बस्तु वा सेवा खरिदमा खर्च हुने हो भन्ने बलियो आधार नदेखिएको, प्रदेश सरकारले दिएको ९५ लाख रुपैया सकिएको भने भनिए पनि के मा खर्च गरियो ? स्पस्ट नभएको, लगानी र सहयोग गर्ने अरु निकाय कुन कुन हुन ? कति रकम उठाइयो ? भन्ने बिषयमा कडेलले केही बोलेका छैनन् ।

यती ठुलो प्रचार, त्यतीकै धेरै लगानी भनिएको संरचनाका लगानीकर्ता को को हुन ? भनि सार्वजानिक नगरिनु अर्को रहस्य बनेको छ । एक घण्टामा एक दशमलव ८ किलोमिटर यात्रा गर्न सक्ने भनिए पनि दैनिक ३ घण्टा चलाएर घोलाघाट देखि देवघाटसम्म चलाइन्छ भन्ने कुरा पत्याउने आधार नभएको स्थानीय पत्रकारहरु बताउँछन् ।

एउटा सुधारिएको डुंगालाई प्रधानमन्त्रीको सपनासंग जोडेर पानी जहाज भन्दै दाबी गर्नु प्रधानमन्त्रीको अपमान भएको स्थानीय व्यवसायीहरुले बताउन थालेका छन् । ३५ करोड लगानी पछिको प्रतिफल के ? कहिले पाउने ? र कति पाउने भन्ने कुनै स्पस्ट छैन भने नारायणी नदिमा यो जलयान चल्न उपयुक्त छ या छैन भन्ने कुनै सम्भाव्यता अध्ययन समेत भएको छैन ।

प्रधानमन्त्रीको सपना पुरा गर्ने वहानामा कसैकालागि मागीखाने भाँडो भएर सकियो भन्ने दिन नआउला भन्न सकिन्न । सुधारीएको डुगांलाई पानी जहाज भनेर समाचार लेखेर सम्मानीत प्रधानमन्त्रीको अपमान गर्न आफूले नसकेको चितवनका पत्रकार राधेश्याम खतिवडाले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन् ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ श्रावण ७, ०६: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ श्रावण ७, ०६: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ श्रावण ७, ०६: ४८

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...