बाबुआमाप्रति जिम्मेवार नथ्थी लगाउने कानुन आउँदै – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

बाबुआमाप्रति जिम्मेवार नथ्थी लगाउने कानुन आउँदै

काठमाडौं । संघीय संसदको महिला तथा सामाजिक समितिले बाबुआमालाई हेला गर्ने सन्तानमाथि लगाम कस्ने छलफललाई तिव्रता दिएको छ । बाबुआमालाई नपाल्ने र वृद्धाश्रममा पु¥याउने छोराछोरीलाई तल लगाउने गरी कानुन निर्माण गर्ने भएको छ । समितिले ‘बाबुआमाप्रति जिम्मेवार नहुने सन्तानलाई कसरी नथ्थी लगाउने भन्ने कानुन निर्माण लागेको बताईन् ।

‘यसका लागि सरोकारवाला निकाय र व्यक्तिहरु, महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव लगायतका पदाधिकारीसँग छलफल अघि बढेको छ । जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलका क्रममा आमाबाबुको रेखदेख नगर्ने सन्तानलाई कानुनी दायरामा ल्याउन यो विधेयकलाई बलियो बनाउने बताइन् । कानुनबारेमा अहिलेसम्म ६ जना विज्ञ र संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको जनाएको छ । ‘सन्तानहरुले आफ्ना बुवाआमाप्रति निर्वाह गर्नुपर्ने दायित्व र कर्तव्यबारे समितिले चासो र चिन्ता देखाएको छ ।

हाल मोबाइल मात्रै परिवार बन्दै गएको छ, न न बाउ न आमा न श्रीमान् न श्रीमती न छोराछोरी, हामी मोबाइलमा मात्रै डुब्दै गइरहको छ । यस्तो अवस्थामा जेष्ठ नागरिकको रेखदेख र सम्मान हुँदैन । त्यसैले यस्तो कानुन बनाउनु परेको जनाएको छ ।’ सहभागी सांसदहरुले छलफलमा सन्तानले आफ्ना बाबुआमाको बैंक खातामा कति प्रतिशत रकम जम्मा गर्ने भन्ने विषयमा छलफल भएको छ । कति जम्मा गर्ने भन्ने छलफलमा सहभागी सांसद कृष्ण राईले रकम जम्मा गर्नुपर्ने जोड दिए ।

अर्का सांसद खेम लोहनीले १० करोड कमाउनेले १० प्रतिशत राख्छु भन्यो भने त्यसकोे प्रभाव र जोखिम दुवै विश्लेषण गर्नुपर्ने बताए । त्यस्तै अर्की सांसद सुजाता परियारले कतिपय जेष्ठ नागरिक आफैँ सक्षम हुने बताउँदै निवृत्तिभरण पाउनेका लागि विकल्प राख्नुपर्ने बताए । अर्की सांसद बीना श्रेष्ठले प्रतिशत तोक्ने कुराले समाजमा डर पैदा हुने विचार थियो ।

सांसद विमला विश्वकर्माले छोराछोरीलाई बाबुआमाका नाममा रकम जम्मा गर्न लगाउँदा झन् टाढा हुने हुन कि कि भन्ने त्रास पनि आउन सक्ने सुझाव दिइन् । ‘वैदेशिक रोजगार र अनौपचारिक क्षेत्रकालाई यो कानुनले कसरी समेट्ने ? निश्चित रकम आम्दानी गर्ने प्रतिशत छुट्याउनु नपर्ने व्यवस्था गर्ने कि ? ।

‘धनीहरुले त परेन छुट्याउदैनन् । यसले मध्यम आयस्तर भएकालाई दबाब दिएजस्तो हुन्छ । त्यता पनि ख्याल गरौँ ।’ त्यस्तै अकी सांसद मिना सुब्बाले जेष्ठ नागरिकको सुरक्षाबारे सोच्ने बेला आएको बताइन् । धनीले पनि बाबुआमालाई वृद्धाश्रममा पु¥याएको उदाहरण प्रशस्तै छन् । ‘धनीले पनि आमाबुवालाई वृद्धाश्रममा राखेका छन्, यसबारे कानुनले त्यस्तालाई कारबाही हुनुपर्छ ।’

सम्बन्धित समाचार

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ श्रावण १०, ०९: ५२

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ श्रावण १०, ०९: ५२

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७६ श्रावण १०, ०९: ५२

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...