
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकमा संसदीय दलका नेता राजीव कोइरालाले भारतले करोडौं रकम खर्चेको सप्तकोशी उच्च बाँध परियोजनाको यथार्थ जानकारी गराउन माग गरेका हुन् । ‘संघीय सरकारको क्षेत्राधिकारमा पर्छ भनेर प्रदेश सरकार उम्किन पाँउदैन,’ नेता कोइरालाले, ‘भारत सरकारले परियोजनाको विस्तृत अध्ययनका लागि कराडौं रकम विनियोजन गरेको छ ।
परियोजनाको बारेमा यर्थाथ यस सदनलाई सरकारले जानकारी गराउन माग गरेको बताए ।’
भारतले कोशी उच्च बाँधको निर्माणको लागि भनेर ७ सय करोड रुपैयाँ विस्तृत अध्ययनका लागि बजेट समेत छुट्याइसकेको अवस्थामा बाँध निर्माण भएको खण्डमा यसबाट आसपासका क्षेत्रमा ठुलो नोक्सानी हुन सक्ने भन्दै सरकारको ध्यानकर्षणसमेत गराएका थिए ।
संघीय सरकारको क्षेत्र अधिकारमा पर्ने भनेर प्रदेश सरकार आफ्नो प्रदेशभित्र निर्माण हुने यस्ता परियोजनाबाट उम्किन नहुने भन्दै, ‘संघीयता सहकार्य र सहअस्तित्वमा आधारित व्यवस्था हो, कुनै संघीय सरकारको भातृसंस्था होइन प्रदेश सरकार, त्यसैले संघीय सरकारसंगको समन्वयमा बाँधका बारेमा प्रदेशका जनतालाई जानकारी गराउनु प्रदेश सरकारको कर्तव्य पनि हो ।’
कोशी उच्च बाँध निर्माणमा तीनवटै सरकारको सरोकार रहेको भन्दै संघीय सरकारको विषय भनेर प्रदेश सरकार टुलुटुलु बसेर हेर्न नमिल्ने पनि बताए ।
यसैगरी नेपाली कांग्रेसका संसदीय दलका सचेतक शुयर्माराज राईले मोरङ पथरी शनिश्चरेमा लामो समयदेखि रहेको सुकुम्बासी समस्या हल गर्न प्रदेश सरकार गम्भीर भएर समस्या हल गर्नको तत्पर रहन आग्रह गरे । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा लामो समयदेखि जग्गाको दोहोरो स्वमित्वको विवाद कायम रहेकाले तत्काल आवश्यक कानून निर्माण गरी दीर्घकालीन रुपमा समस्या अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...