कांग्रेसमा एकीकृत भएका फोरम लोकतान्त्रिकका कार्यकर्ताको धम्की – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

कांग्रेसमा एकीकृत भएका फोरम लोकतान्त्रिकका कार्यकर्ताको धम्की

दाङ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएको दुई वर्ष पूरा भएपनि फोरम लोकतान्त्रिकका कार्यकर्ताहरूले कांग्रेसभित्र कुनै भूमिका नपाएपछि विद्रोहको चेतावनी दिएका छन् । नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले वाहेक कांग्रेसमा कसैलाई पनि कुनै पनि भूमिका दिइएको छैन ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा अन्य जिम्मेवारीमा रहेकाहरूले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर भूमिकाको खोजी गरेका छन् । २ वर्षसम्म भूमिका विहीन हुँदा दिशा विहीन गन्तव्यको यात्रा गरे जस्तै भएको भन्दै पूर्वसांसद योगेन्द्र चौधरीलाई नेपाली कांग्रेसको गतिविधिमा सहभागी नहुन समेत आग्रह गरिएको छ ।

पार्टी एकताले पूर्णता पाएपछि मात्रै नेपाली कांग्रेसको गतिविधिमा सहभागी हुन आग्रह गर्दै तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य विन्तिराम यादव, धनिराम चौधरी, महिला लोकतान्त्रिक संघका केन्द्रीय उपाध्यक्ष शारदा चौधरी, शनिराम चौधरी, दिलबहादुर चौधरी, धर्मवीर चौधरी, खेमलाल चौधरी, रामवरण यादव, गोरखनाथ कसौधन, द्रोणबहादुर बस्नेत, रामवरण वैश्य, जगतनारायण चौधरी, हीरालाल चौधरीले विज्ञप्ती जारी गरेका हुन् ।

उनीहरूले तत्कालीन फोरम लोकतान्त्रिकका कार्यकर्ता पूरै निरास भएकोले विकल्प खोज्न पूर्वसांसद योगेन्द्र चौधरीलाई दवाव दिएका हुन् । नेपाली कांग्रेसका केही नेताहरूको व्यक्तिगत स्वार्थ र खिचातानीले गर्दा लोकतान्त्रिक फोरमलाई समायोजन गर्न अवरोध गरिएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन सुझाव समिति गठन गरिएको थियो । निधि नेतृत्वको समायोजन समितिले प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमिति बैठक समक्ष पेश गरे पनि त्यस बिषयमा कुनै छलफल भएको छैन ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७६ श्रावण २८, ०९: ०५

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७६ श्रावण २८, ०९: ०५

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७६ श्रावण २८, ०९: ०५

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...