डेंगुको संक्रमण बढ्दो अझै हुन सकेन नियन्त्रण – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

डेंगुको संक्रमण बढ्दो अझै हुन सकेन नियन्त्रण

काठमाडौं । पूर्वी नेपालमा डेंगु देखापरेको तीन महिनाको अवधिमा दुई जनाको डेंगु संक्रमणबाट मुत्यु भइकसकेको छ । सरकारले समन्वय गरेर प्रभावकारी कार्य नगर्दा अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

गत ३१ वैशाखमा सुनसरीको धरानमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । पछिल्लो समय डेंगुबाट सुनसरीसहित झापा र मोरङ गरी तीन जिल्लामा करिब ५ हजार मानिस बिरामी छन् ।

२०६० र ०६१ मा मुलुकमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । विगत वर्षहरूमा बाँके, कास्की, चितवन लगायत जिल्लामा डेँगु देखापरे पनि तत्कालै नियन्त्रणमा आएको थियो । यस वर्ष सुनसरी, मोरङ र झापा जिल्लाका साथै पूर्वी पहाडी जिल्लाहरु पाँचथर र भोजपुरमा पनि डेंगुका विरामी फेला परेका छन् । पाँचथर र भोजपुरमा पहिलो पटक डेंगुका विरामी भेटिएका हुन् । यसबाट तराई मधेसका जिल्ला मात्र होइन, पहाडी जिल्ला पनि डेंगुको जोखिममा रहेको बुझ्न सकिन्छ ।

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए । विजयपुरको वडा कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टेका अन्डा, लार्भा र प्युपा फेला परेको थियो । चिकित्सकहरुले डेंगु सार्ने नयाँ जातको लामखुट्टे भनेका छन् ।
चिकित्सकका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चार–पाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँछ ।

डेंगुबाट सबैभन्दा बढी धरानका बासिन्दा प्रभावित छन् । हरेक घरमा डेंगुका बिरामी छन् । कुनै घरमा त सात जनासम्म संक्रमित पाइएका छन् । सम्भवतः अहिले नेपालकै सबैभन्दा बढी डेंगुबाट प्रभावित क्षेत्र हो धरान ।

धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि बेलैमा प्रभावकारी रूपमा अभियान सञ्चालन नगरेको आरोप धरान उपमहानगरपालिकाले खेप्दै आएको छ । उपमहानगपालिका भने स्थानीय आफैं जागरुक नभएसम्म समस्या नसुल्झिने निश्कर्षमा पुगेको छ ।

विज्ञहरुको भनाइ अनुसार ‘नगरबासी आफैं जागरुक नभएसम्म डेंगु नियन्त्रणको च्यालेन्ज बताउँछन् ।’ ‘नगरबासीले घर सफा गर्ने, पानी जम्न नदिने, लार्भा नष्ट गर्ने उपाय नअपनाएसम्म डेंगुको जोखिमबाट धरान मुक्त हुन सक्दैन ।’

झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेंगुविरुद्ध सचेतना फैलाउने, औषधि छर्कने र बिरामीको उपचार गर्ने लगायतका कामहरु पनि भइरहेका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र विराटनगरको कोशी अञ्चल अस्पतालमा डेंगुका विरामीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अन्य सरकारी अस्पतालमा उपचार गराएकाहरुले अस्पतालको प्रमाणित बिल ल्याएमा बिलअनुसारको खर्च पाउँछन् ।

सुनसरी जिल्ला अस्पताललाई निःशुल्क उपचारका लागि ३ लाख तथा कोशी अञ्चल अस्पताल र झापा जिल्ला अस्पताललाई दुई लाख रुपैयाँको दरले बजेट पठाइएको छ । त्यसैगरी रगत परीक्षणका लागि सरकारी अस्पतालहरुलाई आवश्यक किट पनि उपलब्ध गराइएको छ । फोहोर ढलमा भन्दा घरकै छत, आँगन, भाँडाकुँडा र ट्यांकीहरुमा डेंगु संक्रमण गराउने लामखुट्टे हुर्कने भएकाले त्यसको नियन्त्रणमा बढी ध्यान दिनुपर्ने विज्ञको भनाइ छ ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ श्रावण २९, १०: १२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ श्रावण २९, १०: १२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०७६ श्रावण २९, १०: १२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...