उपचुनाव जितेर देखाए पार्टीमा एकताको सन्देशः देउवा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

उपचुनाव जितेर देखाए पार्टीमा एकताको सन्देशः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर एकताको सुरुवात गर्न कार्यकर्तालाई आग्ह गरेका छन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाए पनि त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए ।

‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु (एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब हाम्रो पार्टी त्यस्तो हुनेछैन’, उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ,।’

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले विगतमा पार्टीभित्रैबाट भएका घातप्रतिघातसमेतले पार्टीले नराम्रो पराजय भोग्नुपरेको दाबी गरे । केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए ।

विसं २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्र्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्ने बताए । आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७६ भाद्र १, १२: २१

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७६ भाद्र १, १२: २१

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७६ भाद्र १, १२: २१

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...