प्रधानमन्त्री ओलीको यस्तो रहेछ स्वास्थ्य समस्या – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

प्रधानमन्त्री ओलीको यस्तो रहेछ स्वास्थ्य समस्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् । यसअघि साउन १८ गतेदेखि साउन २७ गतेसम्म उनको सिंगापुरमै उपचार भएको थियो ।

आजभन्दा १३ बर्षअघि २०६३ साल असारमा ओलीको दुवै मृगौलाले काम गर्न छाडेपछि भारतीय अस्पतालमा गएर मृगौलाको प्रत्यारोपण गरिएको थियो । मृगौला पत्यारोपण गरेपछि देखिएको समस्याका कारण ओली पटक पटक भारत सिंगापुरमा स्वास्थ्य परिक्षण गराउँदै आएका छन् ।

उनलाई औषधीको साइड इफेक्टका कारण ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माका अनुसार मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् ।

शरिरमा रहेको एण्टिबडी निकाल्न ६ देखि ७ पटकसम्म एक दिन बिराएर उपचार गरिन्छ । जसले गर्दा प्रधानमन्त्री ओलीको उपचार गर्न दुई साता लाग्ने अनुमान गर्न सकिन्छ । यो पद्धति अपनाउँदा पनि ओलीको शरिरमा एण्टीबडी कम नभए मृगौला नै प्रत्यारोपण गर्नु पर्ने अवस्था आउने बरिष्ठ मृगौलारोग विशेषज्ञ ऋषिराज काफ्ले बताउँछन् ।

चिकित्सकहरुले यसअघि उपचारका क्रममा दुई साइकल औषधी चलाइएको र थप एक साइलक तीन साताको बीचमा चलाउनुपर्ने भएकाले सिंगापुर जान सिफारिस गरेका थिए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिलिप शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य बाहिर हल्ला भएजस्तो र टिप्पणी भएजस्तो यथार्थ नभएको दाबी गरे । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गर्ने गरी उपचार गरिनेछ ।

तर प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको उपचार करिव १० दिन लाग्न सक्ने दाबी विज्ञप्तीमार्फत गरेकी छन् । सिंगापुरमा प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्ने उपचार हुने छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रिटिनाईन बढेर २ को हाराहारीमा छ ।

क्रिटिनाइनको मात्रा बढीमा १.५ हुनुलाई सामान्य मानिन्छ । प्रधानमन्त्रीका निजि चिकित्सकले जारी गरेको विज्ञप्तीमा समेत प्रधानमन्त्री ओलीको स्वाथ्यको प्रारम्भिक परीक्षणमा उनको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएकोले त्यसलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न उनी सिंगापुरतर्फ जानु परेको जनाइएको छ ।

चिकित्सक सिंहले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराईरहने बताएकी छन् । यसैबीच, बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटिनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने बताएका छन् ।

उनले प्रधानमन्त्रीको शरिरमा भएको एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने दाबी गरे । उनले सिंगापुरमा प्रधानमन्त्रीको उपचार गराउँदा देश डुबाउनेगरि खर्च नहुने बताए । नेपाली जनतालाई निःशुल्क डाईलाईसको सुविधा दिलाउने कामको शुरुआत गर्ने प्रधानमन्त्री ओलीको अहिले सिंगापुरमा हुने उपचार खर्चिलो नभएको काफ्लेले बताए ।

अर्को प्रसंगमा डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी पनि गरे । साक्षात्कारमा डा. काफ्लेले भने ‘यस्तो अवस्थामा साधारण औषधीले काम गर्दैन । तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिन्छ । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्छ । यो कम्तिमा पनि ६ पटक गर्नुपर्छ ।’

काफ्लेले प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपण हुनसक्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको विरोध गरे ।

उनले विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतीलाई समेत नेपालका नेताहरुले आत्मसात नगरेको गुनासो गरे । मानिसको शरीरमा प्रत्यारोपण गरेको मिर्गाैलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टीबडी भनिन्छ । त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई नोक्सान गर्छ ।

क्रिटिनाइन बढ्नु भनेको शरीरले एन्टीबडी बनायो भनेर बुझ्ने गरिन्छ । प्रधानमन्त्री ओलीको शरिरबाट एन्टीबडी घटाउन सम्भव नदेखिएमा एन्टीबडी निकाल्नु पर्ने हुन्छ । शरीरमा भएको एन्टीबडी निकाल्ने कार्यलाई प्लाज्माफेरेसिस भनिने डा. काफ्लेले बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ भाद्र ९, ०६: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७६ भाद्र ९, ०६: ४१

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ भाद्र ९, ०६: ४१

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...