दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीको अन्याय र विभेदकारी व्यवहारबाट दिक्क भएका २५ चिकित्सकले सामूहिक राजिनामा दिएका छन् ।
बिबादस्पद छवि भएकी र बारम्बार विवादमा तानिएको प्रतिष्ठानकी उपकुलपति भण्डारीले सरकारी दरबन्दीमा रहेका डाक्टरलाई अनेक दबाव दिन थालेपछि बिहीबार प्रतिष्ठानका उपकुलपती संगीता भण्डारीलाई पत्र पठाउँदै सामूहिक राजिनामा दिएका हुन ।
प्रतिष्ठानमा कार्यरत चिकित्सकले आफूहरुमाथि बारम्वार अनुचित बहानामा स्पष्टिकरण सोध्ने, बर्खास्तीको धम्की दिने, मनोवल खस्काउने खालका दवाव दिएका कारण शारिरीक र मानसिक रुपमा विछिप्त भई काम गर्न नसक्ने स्थितिमा पुगेको भन्दै राजिनामा दिन बाध्य भएको बताएका छन् ।
उपकुलपति भण्डारीले केही चिकित्सकलाई अनावश्यक लान्छना लगाई बर्खास्त गर्न खोजेको भन्दै चरम मानसिक पीडाको स्थिति सृजना भएका कारण काम गर्न नसक्ने अवस्थामा पुगेको सामूहिक राजिनामा दिने चिकित्सकहरुको दाबी छ ।
उनीहरले राजीनामाको बोधार्थ कुलपतिको कार्यालय, सह कुलपतीको कार्यालय, नेपाल मेडिकल एशोसियसन, नेपाल मेडिकल काउन्सील र जिल्ला प्रशासन कार्यालयमा दिएका छन् ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...