
काठमाडौं । तीनै तहका अदालतले लागूऔषध र बलात्कारको मुद्धालाई चाँडो टुंग्याउने गर्छ । अपरहणपछिको हत्या, बालिका बलात्कारपछिको हत्यालाई न्यायलयले प्राथमिकतामा राखेर नै आदेश दिने गर्छ ।
तर, कैलालीको गौरीगंगा नगरपालिका ११ की माया विकको सामूहिक बलात्कार र हत्याको मुद्धा पेश भएको एक बर्षसम्म पनि किनारा त परै जाओस पेशी पनि सरेको सरै गरेको पाइएको छ । माया विकको सामूहिक बलात्कारपछिको हत्याको मुद्धाको पेसी आठौँ पटकसम्म स्थगित भएपछि पीडित परिवार पीडामै छटपटाइरहेका छन् ।
सरकारी वकिल कार्यालयका तर्फकाट ४ पटक र प्रतिवादीका कानून व्यवसायीबाट ४ पटक गरी अहिले सम्म ८ पटकसम्म पेसी स्थगित भइसकेको छ । जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुग्याउनुपर्ने कानुनी व्यवस्था भए पनि कैलाली जिल्ला अदालतमा उक्त मुद्दाको पेशी पटक पटक सर्दै आएपछि जिल्ला अदालतत कैलालीले गरेको निर्यायविरुद्ध प्रतिवादीका तर्फका कानुन व्यवसायीहरूले उच्च अदालतमा रिट दायर गरेपछि सुनाइमा ढिलाइ भएको बताउने गरिन्छ ।
अदालतले गरेको थुनछेक आदेश पछि प्रतिबादीदे त्यसकोविरुद्धमा उच्च आदलतमा मुद्दा दायर गरेका थिए । गतबर्ष असार १२ गते घर जाँदै गरेकी माया बिकको १५ गते कैलालीको गौरीगंगा नगरपालिका ११ कै चपथली सामुदायीक वनको जङ्गलमा शव भेटिएको थियो । उनको सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो ।
उनीहरू पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी र अपहरणअन्तर्गत मुद्दा चलिरहेको छ । उनीहरु सबै हाल पुर्पक्षका लागि थुनामा रहेका छन् गतबर्ष असार १२ गते कार्यालय जान भनेर घरबाट हिँडेकी माया बिक कार्यालय नपुगेपछि सामाजिक परिचालक समेत रहेकी विकको सोधखोज गर्दा पनि सम्पर्कमा नआएपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।
उनको असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका ११ कै चपथली सामुदायिक वनको जङ्गलमा शव भेटिएपछि एक साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो । यौन सम्पर्क गर्न नमानेपछि उनलाई सामूहिक बलात्कार गरिएको बताईएको छ ।
माया बिकसँग सामाजिक परिचालकको रुपमा कार्यरत गणेश बडूवालले असार ८ गते यौन सम्पर्कको प्रस्ताव राखेका थिए । गणेशकै योजनामा उनले बोलाएका अन्य चार साथिहरु मिलेर मुख थुनेर जंगलतिर लगी हात बाँधेर सामूहिक बलात्कार गरेको बताईएको हुँदा पाँचमध्ये तीनजनाको बलात्कारपछि उनको ज्यान गएको बताइएको छ ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...