
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हाल उपचारको लागि सिंगापुर गएका छन् । आज अर्थात् बिहिबार बसेको कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक भिडियोबाट गर्न नहुने भन्दै प्रतिपक्षी दलका सांसदहरूले सदनमा आरोप–प्रत्यारोपका साथै गुनासो समेत व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठकको विशेष समयमा प्रतिपक्षी दलका सांसदहरूले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक राखिएको भन्दै चिन्ता व्यक्त गर्नुका साथै सत्तापक्षका सांसदहरूले भने त्यसको बचाउ गरेका छन् ।
नेमकिपाका प्रेम सुवालले, ‘सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरिएको छ, भोलि दिल्लीबाट भिडियो कन्फरेन्सबाट सञ्चालन भई सार्वभौमिकतामा प्रश्न उठ्यो भने को जिम्मेवार को ?’ भन्दै प्रश्न गरेका थिए । कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेकोमा सुरक्षा चिन्ता व्यक्त गरेका थिए । सभामुख बाहिर जाँदा संसद् पनि त्यसैगरी चलाउने ? भन्दै प्रश्न गरेका थिए ।
प्रतिपक्षी सांसदहरूको विरोधप्रति नेकपाका पदम गिरीले, ‘प्रधानमन्त्रीज्यू उपचारका क्रममा रहेको समयमा, जनताप्रतिको चिन्ता प्रकट गरेका कारण अत्यन्त सान्दर्भिक थियो, स्वागत सम्मान र धन्यवाद दिनेछ भन्ने अपेक्षा थियो, ‘उमेरले जेठो पार्टी कांग्रेस, विचार र व्यवहार हेर्दा बुढ्यौली लागेको छ । नयाँ प्रविधिको शैलीसँग डराउने सोंच र चिन्तनले महारोग देखिएको छ ।’
मन्त्रिपरिषद् बैठक भाइबर या फेसबूकबाट नभई भीपीएनबाट भएकाले तेस्रो पक्षलाई जानकारी नहुने भन्दै जनतामा भ्रमको खेती गर्न नहुने कताए छन् । ‘अब नेपाली कांग्रेसले सूचना आदानप्रदानमा टेलिफोन र इन्टरनेट होइन हुलाकीमार्फत सूचना आदनप्रदान गर्ने कुरा र्गयो भने आश्चर्य हुने छैन भन्दै गिरीले टिप्पणी गरेका थिए ।
गिरीको भनाइप्रति कांग्रेस सांसद सञ्जय गौतमले, ‘प्रतिपक्षी सांसदलाई आरोप लगाउनु बौद्धिक दिवालियापन हो । सांसद गौतमले सरकारको यही गति र मतिले गर्दा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन लागेको भन्दै ‘नेपाली जनताले श्वास फेर्न पनि घुस तिर्नुपर्ने अवस्था समेत आएको भन्दै तर्क गरेका थिए ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...