
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारीका लागि सहयोग पुग्ने उदेश्यले असार २२ गते केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये धेरैले अझै निकास पाएको छैनन् ।
पार्टी संस्थापन पक्ष र संस्थापनइत्तर पक्षका नेताबीच महाधिवेशनका लागि एकले अर्कोलाई कमजोर देखाउने होडबाजी चलिरहेको बेला महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका १४ एजेण्डामध्ये दुई वटा एजेण्डाले निकास पाएका छन् । पार्टीको बिधान बमोजिम संघीय संरचनामा पार्टीको संगठन निर्माण गर्न निर्देशीका तयार भएको छ ।
जस अनुसार भदौ २० गतेसम्म सबै स्थानीय टोल, गाउँ र नगरपालिकाका वडा, गाउँ र नगर इकाई, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समिति गठन गरिसक्नु पर्ने सहमति भएको छ । त्यस्तै, राष्ट्रिय जानगरण अभियानको पहिलो चरणको कार्यक्रमको प्रतिवेदन महामन्त्री खड्काले पेश गरिसकेका छन् ।
१२ वटा एजेण्डाले भने अझै निकास पाएका छैनन् । झण्डै दुई बर्षअघि नेपाली कांग्रृेसमा एकीककरण गरेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सबै कार्यकर्तालाई पार्टीमा समाहित गर्न र जिम्मेवारी दिइएको छैन ।
गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका कार्यकर्ताको समायोजन र व्यवस्थाको प्रतिवेदन तयार गर्न उपसभपाति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको थियो । तर सो समितिले गच्छदारको तत्कालिन फोरम लोकतान्त्रिकको संगठन कहाँ र कसले कुन जिम्मेवारी पाएका थिए ? महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको रेकर्ड समेत फेला परेको छैन् । निधिले दिएको प्रतिवेदन नै अधुरो रहेको टिप्पणी पार्टी भित्रैबाट आउन थालेको छ ।
गच्छदार नेतृत्वको पार्टी एकीकरणको लागि प्रतिवेदन अपुरो निर्माण गरी विधान विपरित गठन भएको नीति अनुसन्धान तथा प्रशिक्षण विभागको कार्यक्रम लिएर सात प्रदेशमा गएका थिए । पार्टी महाधिवेशन प्रतिनिधिलाई सन्देश दिने वा प्रशिक्षण दिने कुनै एजेण्डा, योजना र रणनीति नै नभए प्रशिक्षण कार्यक्रम लिएर प्रदेशमा जाँदा नेतृत्वमा रहेका नेताहरुले कार्यकर्ताबाट आलोचना खेप्नु परिरहेको छ ।
पार्टी केन्द्रीय कार्य समितिमा पेश भएका एजेण्डालाई अलपत्र छोडेर पार्टीका पदाधिकारी र शीर्ष नेता नै कहिले प्रशिक्षण त कहिले भेला भन्दै देश र विदेशको सयरमा निस्कने गरेका छन् । महामन्त्री खड्काले पेश गरेको एजेण्डालाई संवोधन गर्न यतिवेला पार्टी सभापति शेरबहादुर देउवलो भातृ संस्थाको विधानलाई संघीय संरचनाअनुसार बनाउन र निर्धारित समयमाम महाधिवेशन गर्न र गराउन तथा पूर्णता दिने उदेश्यले केन्द्रीय कार्य समितिमा छलफल अघि बढाएका छन् ।
कार्यकर्तामा उत्साह, जाँगर जगाउन र क्रियाशिल बनाउन भन्दै कांग्रेसले गत बैशाख २५ गतेदेखि जेठ २५ गतेदेखि पहिलो चरणको राष्ट्रिय जागरण अभियाना संचालन गरेको थियो । दोश्रो चरणको जागरण अभियान भदौ २५ गतेदेखि गर्ने घोषणा कांग्रेसले गरेको छ । दोश्रो चरणको जागरण अभियानअघि नै स्थानीय तहका पार्टीका सबै संरचनाले पूर्णता पाईसक्ने, भातृ संस्थाले पूर्णता पाउने र भातृ संस्थाको विधान संघीय संरचना बमोजिम बनाउने घोषणा गरेको थियो ।
पार्टी विधान अनुसार संक्रमणकालिन सांगठानिक संरचना गठनको विषयमा झण्डै एक महिना केन्द्रीय कार्यसमिति बैठकको छलफलपछि निर्देशीका बनाएर ति संरचना बनाउने सहमति भएको थियो । तर, पार्टीको केन्द्रीय निर्वाचन समितिलाई त्यस्तो अधिकार दिने कि पार्टी केन्द्रीय कार्य समितिले प्रतिनिधि खटाउने भन्ने बिषयमा झमेला हुँदा प्रतिनिधि खटाउनमै ढिलाइ भएको थियो । पार्टी केन्द्रीय कार्यसमितिले अन्ततः निर्वाचन समितिलाई नै जिम्मेवारी दिएको थियो ।
समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी डेमोक्रेटिक लयर्स एसोसिएसनलाई दिएको छ । एसोसिएसनले जिल्ला पदाधिकारीमध्येबाट प्रतिनिधि तोक्ने भएको छ । पाँच दिन भित्रै टोल, वडा, पालिकास्तरको गठन घोषणा सम्भव हुने देखिँदैन । निर्णय गर्न ढिलाइ गर्ने पार्टी नेतृत्वले निर्णय कार्यान्वयनमा समेत ढिलाइ गरेपछि पार्टी कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।
केन्द्रीय कार्यसमितिको विहिबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।
कांग्रेसका अधिकांस भातृ तथा शुभेच्छुक संस्थाको विधान संघीय संरचना बमोजिम नभएको भन्दै गुनासो आइरहेको बेला यो एजेण्डाले प्रवेश पाएको हो । समयावधि सकिँदा पनि महाधिवेशन गर्न नसकेका भातृ संस्थालाई भंग गरी महाधिवशेन आयोजक समिति बनाउने तयारी गर्न अधिकांस केन्द्रीय सदस्यले सुझाव पनि दिएका छन् ।
नेपाल महिला संघ र नेपाल तरुण दलवाहेक सबै भातृ संस्थाहरुको म्याद सकिएको छ । भातृ संस्थाको रुपमा स्थापित नेपाल दलित संघको अध्यक्ष समेत रहेका मिनबहादुर विश्वकर्माले समेत दलित संघको महाधिवेशन गराएका छैनन् ।
महिला संघको कार्यकाल यही भदौमा सकिँदैछ भने नेपाल तरुण दलका मंसिरमा ३ बर्षे कार्यकाल सकिँदैछ । कांग्रेसमा किसान संघ र आदिवासी, जनजाति महासंघको महाधिवेशन नभएको १५ बर्ष भइसकेको छ ।
नेपाल विद्यार्थी संघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै पार्टीले ७ महिनाअघि नै भंग गरीसकेको छ । तरुण दलवाहेक सबै भातृ संस्थाको समयावधि समाप्त भइसकेको छ । महामन्त्री खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाले मान्यता पाउन केही संस्थाहरुले दिएको निवेदनको विषयमा निर्णय गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।
पार्टी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधान बमोजिम निर्धारित समयमा महाधिवेशन नगरेका सबै भातृ संस्थाहरुको अवस्था शुन्यमा पुगेको दाबी गरे । उनले निर्धारित समयमा महाधिवेशन नगर्ने सबैजसो भातृ संस्थाको महाधिवेशनको तयारी गर्न माग गरेका थिए । उनले एउटै प्रकृतिका भातृ संस्थाको कार्यसमिति सदस्यको सख्या, कार्यकाल, संरचना र पदाधिकारीको संख्या फरक भएको र त्यसमा एकरुपता हुनुपर्छ भनेर माग राखेका थिए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष घिमिरेले भातृ संस्थाहरुको प्रस्तावना अपुरो, अस्पस्ट र पार्टी विधान अनुकूलको नभएको भन्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्ण संरचना घोषणा गर्न माग गरेका छन् ।
नेपाल दलित संघका अध्यक्ष मिनबहादुर विश्वकर्माले भने आफू दलित संघको महाधिवेशन गर्न तयार भए पनि १३औं महाधिवेसन र महासमिति बैठकले प्रभावित भएको दाबी गर्दै आएका छन् । उनले उनले १३औं महाधिवेसनअघि नै ५० जिल्लाको अधिवेशन भए पनि नेताहरुले अन्य जिल्लाको अधिवेशन रोक्न दबाव दिएको आरोप लगाए ।
दिलेन्द्रप्रसाद बढुले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि भ्रष्टाचारका घटनामा बृद्धि भएको, शान्तिसुरक्षाको अवस्था कमजोर भएको र राज्यका हरेक अंगमा हस्तक्षेप बढाउँदा समेत प्रतिपक्षी दलको हैसियतले कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गर्दै आएका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा कांग्रेसले खेलेको भूमिको चर्चा गरेको थिए ।
कांग्रेस बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं २ को वडा सदस्य पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित वडा सदस्य लक्ष्मी मेहताले पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असार १७ गते दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेकपामा प्रवेश गरेकी वडा सदस्य मेहतालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचित वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
नेपाल महिला संघ र नेपाल तरुण दलवाहेक सबै भातृ संस्थाहरुको म्याद सकिएको छ । भातृ संस्थाको रुपमा स्थापित नेपाल दलित संघको अध्यक्ष समेत रहेका मिनबहादुर विश्वकर्माले समेत दलित संघको महाधिवेशन गराएका छैनन् । महिला संघको कार्यकाल यही भदौमा सकिँदैछ भने नेपाल तरुण दलका मंसिरमा ३ बर्षे कार्यकाल सकिँदैछ । कांग्रेसमा किसान संघ र आदिवासी, जनजाति महासंघको महाधिवेशन नभएको १५ बर्ष भइसकेको छ ।
नेपाल विद्यार्थी संघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै पार्टीले ७ महिनाअघि नै भंग गरीसकेको छ । तरुण दलवाहेक सबै भातृ संस्थाको समयावधि समाप्त भइसकेको छ । महामन्त्री खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाले मान्यता पाउन केही संस्थाहरुले दिएको निवेदनको विषयमा निर्णय गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।
पार्टी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधान बमोजिम निर्धारित समयमा महाधिवेशन नगरेका सबै भातृ संस्थाहरुको अवस्था शुन्यमा पुगेको दाबी गरे । उनले निर्धारित समयमा महाधिवेशन नगर्ने सबैजसो भातृ संस्थाको महाधिवेशनको तयारी गर्न माग गरेका थिए ।
उनले एउटै प्रकृतिका भातृ संस्थाको कार्यसमिति सदस्यको सख्या, कार्यकाल, संरचना र पदाधिकारीको संख्या फरक भएको र त्यसमा एकरुपता हुनुपर्छ भनेर माग राखेका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष घिमिरेले भातृ संस्थाहरुको प्रस्तावना अपुरो, अस्पस्ट र पार्टी विधान अनुकूलको नभएको भन्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्ण संरचना घोषणा गर्न माग गरेका छन् ।
नेपाल दलित संघका अध्यक्ष मिनबहादुर विश्वकर्माले भने आफू दलित संघको महाधिवेशन गर्न तयार भए पनि १३औं महाधिवेसन र महासमिति बैठकले प्रभावित भएको दाबी गर्दै आएका छन् । उनले उनले १३औं महाधिवेसनअघि नै ५० जिल्लाको अधिवेशन भए पनि नेताहरुले अन्य जिल्लाको अधिवेशन रोक्न दबाव दिएको आरोप लगाए ।
दिलेन्द्रप्रसाद बढुले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि भ्रष्टाचारका घटनामा बृद्धि भएको, शान्तिसुरक्षाको अवस्था कमजोर भएको र राज्यका हरेक अंगमा हस्तक्षेप बढाउँदा समेत प्रतिपक्षी दलको हैसियतले कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गर्दै आएका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा कांग्रेसले खेलेको भूमिको चर्चा गरेको थिए ।
कांग्रेस बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं २ को वडा सदस्य पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित वडा सदस्य लक्ष्मी मेहताले पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असार १७ गते दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेकपामा प्रवेश गरेकी वडा सदस्य मेहतालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचित वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...