हावाहुरी प्रभावितलाई घर हस्तान्तरण – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

हावाहुरी प्रभावितलाई घर हस्तान्तरण

काठमाडौं । जनता आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरू गत बिहिबार पर्साको वीरगञ्जमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनर्निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण पूरा गरेको हो । बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८ सय ६९ घर निर्माण गरेको हो ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ८४ हजार ८ सय अठासी रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । आवास बनाउने काममा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

उक्त क्षेत्रको पुनर्निर्माण, पुनस्र्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माण कार्य स्थगित गर्नुपरेको थियो ।

उक्त कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । यसैगरी कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण भएका घरहरूको अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ भाद्र १८, १०: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ भाद्र १८, १०: ४०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ भाद्र १८, १०: ४०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...