खटाएका ठाउँमा समयमा नजाने कर्मचारीको जागिर चटः मन्त्री पण्डित – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

खटाएका ठाउँमा समयमा नजाने कर्मचारीको जागिर चटः मन्त्री पण्डित

काठमाडौं । कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न सप्तरी पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समारोहलाई सम्बोधन गर्ने क्रममा सरकारले खटाएका ठाउँमा २१ दिन भित्र नपुग्ने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् ।

सरकारले गत बुधबार मात्रै कर्मचारीलाई काममा खटाउने सम्बन्धमा नयाँ निर्णय गरेको । ‘जुन कर्मचारीलाई जहाँ खटाइएको छ त्यहाँ अनिवार्य जानुपर्छ । उनीहरुले तलब र सेवा सुविधा पनि त्यहीँबाट पाउने छन् ।’

सरकारको निर्णय बेवास्ता गर्ने कर्मचारीको तलब, भत्ता र सुविधा समेत रोकिने उनको तर्क रहेको छ । ‘२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तिको बाटो सुरु हुने समेत बताए ।

लोकसेवा विज्ञापनको विषयलाई लिएर विगतमा भएको आन्दोलन भ्रम छर्नका लागि मात्रै भएको बताए । मन्त्री पण्डितले कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरेका छन् ।

बालमैत्री स्थानीय तह घोषणाका लागि निर्धारित सूचकहरु १२ वटै वडाले पूरा गरेपश्चात् नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरिएको हो । कञ्चनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका भएको छ ।

नगरपालिकाका मेयर वसन्त कुमार मिश्रले मुलुक संघीयतामा गएपछि कञ्चनरुप नगरपालिका नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगर भएको बताए ।

बाल बचाऔं, संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास लगायतका मापदण्ड पूरा भएपछि बालमैत्री नगर घोषणा गरिएको बताए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पूरा गरिसकेको बताए । बालसंरक्षण र विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको मेयर मिश्रले बताए ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७६ भाद्र १९, १२: १०

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७६ भाद्र १९, १२: १०

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७६ भाद्र १९, १२: १०

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...